मगर भाषा प्रयोगबारे मन्थन
काठमाडौँ । सरोकारवालाहरुबीच मगर समुदाय र संस्कृतिमा मगर भाषाको प्रयोगबारे मन्थन भएको छ । प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसादसहित सरोकारवालाहरु उपस्थित उक्त कार्यक्रममा प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.विष्णुकुमार सिञ्जालीले कार्यपत्र पेश गरेका थिए ।
कार्यपत्रमा नेपाली समाजमा मगर भाषा र यसको महत्त्व,मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोगको अवस्था,जन्म संस्कार ,छेवर तथा गुन्यूचोलो संस्कार,विवाह संस्कार ,मृत्यु संस्कार,मगर भाषाका कर्मकाण्डीय पुस्तक, मगर भाषाको प्रयोगका बारेमा चर्चा गरिएको छ ।
कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा भाषा (मातृभाषा कोश र व्याकरण) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली (अगिब)ले संस्कार, संस्कृति, शिक्षा, स्वास्थ्य, धर्म, व्यवहारमा मगर भाषाको प्रयोग कसरी भइरहेको छ र भाषा बोलाईमा किन ह्रास आइरहेको छ भन्ने कारण खोज्ने प्रयत्न कार्यपत्रले गरेको बताए ।
यसैगरी संस्कृतिविद् प्रा.डा.प्रेमकुमार खत्रीले प्रत्येक भाषा, संस्कृति र संस्कारको उत्खनन् र संरक्षण आफैँले गर्नुपर्ने बताए । कार्यक्रममा भाषाविद् पूर्ण रानाले कार्यपत्रमाथि टिप्पणी गरेका थिए भने सहभागीका तर्फबाट सुरेन्द्र थापा, डा.लालबहादुर पुनमगर, नरकुमारी घर्तीमगर, हेमबहादुर पुलामी मगर, माया रोका मगर, उत्तमनारायण मल्ल र सञ्जोग लाफामगर लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'मूल्य समायोजन नपाउँदा निर्माण उद्योग इतिहासकै धराशायी अवस्थामा'
-
हरिवंश र आना उत्कृष्ट कलाकार, फिल्ममा ‘ऊनको स्वीटर’
-
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
-
रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिन पर्सा अदालतको अनुमति
-
वैशाखमा मूल्यवृद्धि ५.०४ प्रतिशत पुग्यो, खाद्यभन्दा गैर-खाद्य वस्तु तथा सेवामा महँगी बढी
-
महावीर पुनको नवप्रवर्तन यात्रा : नील आर्मस्ट्रङलाई चिठीदेखि कृषि कारखानासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण