पुसदेखि मुर्रा राँगाको वीर्य संकलन गरिने
काठमाडौँ । पशु चौपायामा नस्ल सुधारका लागि ल्याइएका मुर्रा राँगाको वीर्य संकलन आगामी पुसदेखि गरिने भएको छ । बाहिरबाट ल्याइएका पशु चौपायालाई कम्तीमा २१ दिनसम्म क्वारेन्टाइनमा राख्नु पर्ने भएकाले पुसबाट मात्रै वीर्य संकलन गरिने पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालय प्रमुख तथा पशु विकास अधिकृत डा.जगदीश पाण्डेयले बताए ।
पशु चौपायाबाट वीर्य संकलन गर्नका लागि करिब साढे दुई वर्षको उमेरको हुनुपर्ने उनले जनाए । भारतबाट ल्याइएका मुर्रा राँगाको उमेर २४ महिनादेखि २८ महिना उमेरका छन् । ‘सबै राँगामा साढे दुई वर्षकै उमेर हुनु पर्छ भन्ने छैन,’ उनले भने, ‘कुनै–कुनै बाठा हुन्छन् ।’
उनका अनुसार एक पटकमा, एक मुर्रा राँगाबाट २ सय ५० डोज वीर्य संकलन गरिने छ । सातामा २ पटक वीर्य संकलन गरिने छ । १ डोज वीर्य बापत सरकारलाई २५ रुपैयाँ राजस्व बुझाउनु पर्ने उनले बताए । किसानले सरकारी केन्द्रमा नै गएर चौपायालाई कृत्रिम गर्भाधान गराउँदा २५ रुपैयाँ राजस्व तिर्नु पर्ने छ ।
उनका अनुसार साढे १९ सय कृत्रिम गर्भाधान गराउने सक्रिय संघ संस्थाहरु छन् । उनीहरूले किसानको घरमै गई कृत्रिम गर्भाधान गराउँदा कति रुपैयाँ पर्ने भन्न नसकिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको सरकारी सेवाहरूमा समानुभूतिपूर्ण व्यवहार
-
कञ्चनपुर–कमला सडकखण्डको स्तरोन्नति तीव्र, ७५ प्रतिशत भौतिक प्रगति
-
होल्डिङ सेन्टरका सुकुमबासी भन्छन्– अब नदीमा हाम फाल्नुको विकल्प छैन
-
जिन्दगी एक दृश्य ! अनेकौं अदृश्य
-
तपाईंको वाईफाई सुस्त छ ? कारण हुनसक्छन् घरकै यी सामान
-
कीर्तिपुरको होल्डिङ सेन्टर डुबानमा परेपछि ६५ सुकुमबासी परिवारलाई भक्तपुरको खरीपाटी सारिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण