आजमात्र धुम्म हो, भोलिदेखि घाम लाग्छ : मौसमविद्
_tF93Y83OgF.jpg)
जल तथा मौसम विभाग, मौसम पूर्वानुमान शाखाले भोलीदेखि मौसममा सुधार भएर दिउँसोको समयमा घाम लाग्ने बताएको छ । बिहीबार काठमाडौँसहित देशका विभिन्न भूभागमा बादल लागेर मौसम चिसो बनेको छ ।
भारतको छत्तिसगढ माथि विकास भएको बादल नेपाल प्रवेश गरेको र पश्चिमी वायुका कारण चिसो बढेको मौसमविद् गंगा नगरकोटीले रातोपाटीलाई बताइन् ।
उनले भनिन्–‘भारतको छत्तिसगढ राज्य आसपास न्यून चापीय प्रणाली छ त्यसको आंशिक प्रभावले गर्दा बादल लागिरहेको छ । बादल लागिरहेको बेला घाम लाग्ने कुरा हुँदैन त्यसले गर्दा चिसो भएको हो ।’
देशको कर्णाली र सुदूरपश्चिमबाहेक देशका अरू भागमा चिसो बढेको उनले जानकारी दिइन । नगरकोटीले आजमात्र चिसो रहेको र भोलीदेखि भने घाम लाग्ने बताइन । उनले भनिन–‘बिहानतिर चिसो हुस्सु लाग्न सक्छ तर दिउँसो हटेर घाम लाग्ने सम्भावना छ । हिजो अस्तिदेखि नै पातलो बादल लागिरहेकोले र आज सो भन्दा बाक्लो बादल लागेकोले चिसो बढेको हो ।’
नेपाली आकाशमा लागेको बादल यही विकास भएको नभई भारतको छत्तिसगढबाट आएको उनले बताइन् । कोशी प्रदेशको तराई क्षेत्र र मधेस प्रदेशका केही भूभागमा छिटपुट वर्षा हुन सक्ने भएपनि अन्य क्षेत्रमा भने वर्षा नहुने बताइन ।
कोशीको हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन् । भोलि र पर्सी रातिको समयमा बादल नलाग्ने भएकोले तापक्रम घट्ने उनले बताइन् । शुक्रबार कोशी र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा मौसम सफा रहने विभागको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अढाई दशकपछि नक्सालको हिटीमा फर्कियो पानीको प्रवाह (तस्बिरहरू)
-
साहसिक यात्राका लागि कञ्चनजङ्गा हिमाल पर्यटकको रोजाइमा
-
सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालद्वारा सगरमाथाको सफल आरोहण
-
कोशी प्रदेश सभाको अधिवेशन आजदेखि सुरु हुँदै
-
कोशी प्रदेश सरकारले सोमबार नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गर्ने
-
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीको आन्दोलन स्थगित, पाँच बुँदे सहमति