काठमाडौँ । नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभावका कारण मौसममा परिवर्तन आएको छ । काठमाडौँका विभिन्न क्षेत्रमा अहिले कुहिरो लागेको छ भने तापक्रम पनि १० डिग्री सेल्सियससम्म पुगेको छ ।
मौसम पूर्वानुमान महाशाखाले चिसोबाट बच्न चेतावनी समेत दिएको छ । महाशाखाका अनुसार भोली शुक्रबार भने अधिकांश स्थानको मौसममा केही सुधार आउने छ । यस्तै शनिबार भने देशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । तर, कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
_MZGraJSVcC.jpg)
_jc30IA05uJ.jpg)
_g2beSPnaqS.jpg)
_On7UxjQsSE.jpg)
_tF93Y83OgF.jpg)
_QqwA0zGXvF.jpg)
_pVu88xNsWd.jpg)
_sPapHOHQ2K.jpg)
_RrkpfA4I1y.jpg)
_D005MbwP1G.jpg)
_hYVu6OfXTl.jpg)
_VOWz5VK5Xr.jpg)
प्रतिक्रिया