बुटवल र चितवनको खेल बरबराबरीमा सकियो
काठमाडौँ । नेपाल सुपर लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र चितवन एएफसीबीचको खेल बराबरीमा टुङ्गिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले एक–एक गोलको बराबरी खेल्दै एक–एक अङ्क बाँडेका छन् । खेलको दोस्रो हाफको अत्तिरिक्त समयको पहिलो मिनेटमा बुटवलका स्टेफन समिर बियोङले गोल गरेपछि खेल एक–एक गोलको बराबरीमा सकिएको हो । बुटवलका मणि लामाले निकालेको पासमा चितवनका डिफेन्डरको बीचबाट बियोङले उत्कृष्ट गोल गर्न सफल भए ।
त्यसअघि चितवनका उत्सव राईले खेलको दोस्रो हाफमा गोल गरेका थिए । खेलको ४८औँ मिनेटमा उत्सवले लामो दूरीबाट प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।
यससँगै बुटवलले चार खेलबाट चार अङ्क जोडेको छ । समान खेल खेलेको चितवनले पाँच अङ्क जोडेको छ । उक्त लिगअन्तर्गत भोलि वीरगञ्ज युनाइटेड फुटबल क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल साँझ ५ बजेदेखि सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण