संविधान र व्यवस्थाको विरुद्धमा आवाज उठ्नु दुर्भाग्य: रमेश लेखक
काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान र व्यवस्थाको विरुद्धमा आवाज उठ्नु दुर्भाग्य भएको बताएका छन् ।
शुक्रवार काठमाडौँमा आयोजित रिता शाहीद्वारा लिखित गजल सङ्ग्रह चिनारीको लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले असन्तुष्टिहरू संविधान र अहिलेको व्यवस्थाकाबिरुद्ध मुखरित हुन नदिन संविधान तथा व्यवस्थाको पूर्ण सुरक्षाका लागि काँग्रेस सचेत रहेको बताए । उनले विद्यमान असन्तुष्टिलाई सम्बोधन गर्न काँग्रेस अघि बढ्नुपर्ने बताए । उनले गठबन्धनको संस्कृतिमा जानुको विकल्प नभएको पनि बताए ।
उनले भने, ‘हाम्रो शासकीय व्यवस्था नै कस्तो छ, संविधान नै कस्तो छ भने कुनै पार्टीको स्पष्ट बहुमत आउँदैन, गठबन्धनको संस्कृतिमा जानुको विकल्प छैन । हामी त्यसमै गइरहेका छौँ । कमी कमजोरीहरू छन् । केही असन्तुष्टि छ, सरकारले हामीले पार्टीहरूले राम्रोसँग काम गर्न सकेनन् की भन्ने चिन्ता र चासो छ । नेपाली काँग्रेस यो विषयमा गम्भीर हुन जरुरी छ । किनभने जुन चिन्ता, चासो र असन्तुष्टि छ, बहुदलीय व्यवस्थाका भित्रै एकदल र अर्का दलकाबीचमा सन्तुष्टि, असन्तुष्टिको अभिव्यक्ति हुनु, सरकार परिवर्तन हुनु, अर्को सरकार बन्नु यी लोकतन्त्रका सकारात्मक कुरा हुन् । तर असन्तुष्टि संविधानकै विरुद्धमा, यो व्यवस्थाकै विरुद्धमा अभिव्यक्त गर्ने जुन प्रयत्न भइरहेको छ, त्यस्तो भयो भने फेरि अर्को दुर्भाग्य हुन्छ । असन्तुष्टि संविधान र अहिलेको व्यवस्थाकाबिरुद्ध मुखरित हुन नसकुन् भन्नका खातिर पनि संविधान र व्यवस्थाको पूर्ण सुरक्षाका खातिर पनि नेपाली काँग्रेस सबैभन्दा ज्यादा सचेत हुनुपर्छ । विद्यमान असन्तुष्टिलाई सम्बोधन गर्न अघि बढ्न जरुरी छ ।’
प्रमुख सचेतक लेखकले सरकारले काम गर्न नसकेकोप्रति नागरिकसमक्ष चिन्ता र चासो प्रकट भइरहेको भन्दै काँग्रेसले यसबारे गम्भीर रूपमा लिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण