शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कर्णाली सरकारले पठायो जिल्लामा चार करोडभन्दा बढी रकम

शुक्रबार, २२ मङ्सिर २०८०, १८ : ५१
शुक्रबार, २२ मङ्सिर २०८०

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्राकृतिक विपत्तिले क्षति पुर्‍याएका घरहरुका लागि चार करोडभन्दा बढी रकम जिल्लामा पठाएको छ ।

कर्णाली विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले विपद् उद्धार तथा राहत वितरण सम्बन्धी कार्यविधि ०७९ अनुसार उक्त रकम जिल्ला प्रशासन कार्यालयहरुको नाममा पठाइएको हो ।

बाढी, पहिरो, हावाहुरी, चट्याङ्, भूकम्पलगायतका कारणबाट भएको घर क्षति बापत राहत तथा उद्धार कार्य गर्ने प्रयोजनका लागि उक्त रकम पठाइएको कर्णाली सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।

उनका अनुसार राहत वितरण शीर्षकमा सुर्खेतमा ५० लाख,  दैलेखमा साढे ४० लाख, जाजरकोटमा ७० लाख, सल्यानमा ५१ लाख, जुम्लामा ५० लाख, हुम्लामा ५१।५ लाख, कालिकोटमा ५० लाख, मुगुमा ५३ लाख र डोल्पामा ३० लाख बराबर रकम पठाइएको छ । उक्त रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले कार्यान्वयन गर्ने छन् ।

यस्तै भूकम्प प्रभावित क्षेत्रका पालिकाहरुमा यसअघि नै राहत तथा उद्धारका लागि दुई करोड ४० लाख रकम पनि पठाइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप