सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरीको लापसे चेकिङ : ७ जना चालक नियन्त्रणमा

शुक्रबार, २२ मङ्सिर २०८०, १९ : १५
शुक्रबार, २२ मङ्सिर २०८०

काठमाडौँ । काठमाडौँको नागढुङगामा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका  ७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । 

बा४ख ५५१५ नम्बरका बस चालक धादिङको निलकण्ठ नगरपालिका ३ का ३५ वर्षीय रमेश राम शाक्य, ना८ख ८४९४ नम्बरका बस चालक कञ्चनपुरको शुक्लाफाटा नगरपालिका ११ घर भएका ३२ वर्षीय विक्रम विष्ट, ग१ख २५३१ नम्बरका हाइस चालक चितवन घर भएका ३७ वर्षीय डिल्ली राम काफ्ले र ग१ज ८०९८ नम्बरका ट्याक्सी चालक तनहुँको भानु नगरपालिका १ का २१ वर्षीय राजु गोतामेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।  

त्यस्तै प्रदेश १–०२–००१ ख ९३८२ नम्बरका ट्रक चालक मकवानपुरको थाहा नगरपालिका १२ घर भएका २८ वर्षीय प्रविण स्याङ्तान, बागमती प्रदेश ०१–०२६ च ८९८४ नम्बरका पिकअप चालक सिन्धुलीको तिनपाटन गाउँपालिका १ का २४ वर्षीय छविलाल दमाई (परियार) र बागमती प्रदेश ०१–०२५ च ७९७ नम्बरका पिकअप चालक उदयपुरको कटारी नगरपालिका ९ का २४ वर्षीय राम कुमार खत्रीलाई पनि लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।  

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले चेक गर्दा लागूपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको छ । 

यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए  ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप