दुई गोलको अग्रता जोगाउन नसक्दा चुक्यो इलाम
काठमाडौँ । दुई गोलको अग्रता जोगाउन नसक्दा स्पोर्टिङ इलाम एफसीले शनिबार नेपाल सुपर लिग(एनएसएल) मा दोस्रो जित निकाल्ने अवसर गुमाएको छ । दशरथ रंगशालामा स्पोर्टिङ इलामले आफ्नो पाँचौँ खेलमा शनिवार दुई गोलको अग्रता जोगाउन नसक्दा धनगढी एफसीसँग २–२ को बराबरी नतिजा सामना गरेको हो ।
अन्तिम २१ मिनेटमा दुई गोल फर्काउँदै धनगढीले हारको सङ्कट टार्यो । ४४औँ मिनेटमा स्पोर्टिङ इलामले गोल गर्दै अग्रता लियो । अमाथ एन्डअले दिएको पासमा फोडे क्यामराले खाली पोस्टमा गोल गरे । पहिलो हाफको थप गरिएको समयमा इलामले अर्को गोल थप्यो । नवीन लामाको कर्नर बललाई धनगढीका गोलकिपर ताहाले फुत्काएपछि ओमार मुस्ताफा थियमले वान टच गोल गरे । त्यससँगै पहिलो हाफमा स्पोर्टिङ इलामले २–० को अग्रता लियो ।
धनगढीले ६९औँ मिनेटमा पेनाल्टीमार्फत खेलमा फर्कने अवसर पायो । इलामका डिफेन्डर जितेले फोडे फोफानलाई लडाएपछि धनगढीले पेनाल्टी पायो । सो अवसरमा धनगढीका रिचर्ड अग्येमेङले गोल गर्दै २–१ को अवस्थामा ल्याए । एक मिनेटपछि नै धनगढीका रोहनले बराबरीमा ल्याउने अवसर सदुपयोग गर्न सकेनन् । अहमद हिजाजीको पासमा उनी नजिकैबाट गोल गर्न चुके ।
७४औँ मिनेटमा नवीन लामाले इलामको अग्रता बढाउने अवसर पाए । तर, उनको सट धनगढीका गोलकिपर ताहाले सफल हुन दिएनन् । खेलको अन्त्यतिर ओलावाले आफिजको हेडरबाट गोल गरेपछि धनगढी २–२ को बराबरीमा फर्कियो । फोफानाले राइट कर्नरबाट दिएको बललाई आफिजले उत्कृष्ट हेडर गर्दै गोल गरे ।
अन्तिम समयमा अभिसेक गुरुङले दिएको पासमा रामचन्द्र वाजीको सट माथिल्लो बारमा लागेर फर्किँदा धनगढीले जित निकाल्ने अवसर गुमायो । यो बराबरीसँगै अपराजित धनगढी चार खेलबाट आठ अङ्कसहित शीर्ष स्थानमा छ । समान खेलमा पोखरा थण्डर्सको पनि समान आठ अङ्क भए पनि धेरै गोल गरेको आधारमा धनगढी शीर्ष स्थानमा पुग्यो । यता, स्पोर्टिङ इलाम भने पाँच खेलबाट एक जित र एक बराबरीसहित चार अङ्कसहित छैटौँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुट ९९ रनमा अविजित रहेपछि इंग्ल्याण्डको रोमाञ्चक जित, भारतसँगको शृङ्खला बराबरी
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण