सवारी दुर्घटनामा ५ जनाको मृत्यु
शनिबार, २३ मङ्सिर २०८०, १७ : ४४
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- सिरहा, औरही गाउँपालिका-२ तुलसीपुरमा स.१ त ७४५८ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा ट्याक्टर चालक सोही ठाउँ बस्ने ४० वर्षीय सुरेन्द्र यादव र सोही ठाउँ बस्ने वीरेन्द्र यादवको छोरा ७ वर्षीय चन्दन यादव रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका सुरेन्द्रको प्रादेशिक अस्पताल लहान र चन्दनको घटनास्थलमै मृत्यु भएको हो । साथै घाइते भएका १ जनाको आरके मेडिसिटी अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
- मोरङ, सुन्दरहरैचा नगरपालिका-४ स्थित सडकमा प्र.१-०२-००१ क ४५२५ नम्बरको ट्रकमा को.२० प ५८५४ नम्बरको मोटरसाइकल ठोक्किएर शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-७ बस्ने २८ वर्षीय विक्रम माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटना घाइते भएका मोटरसाइकल चालकसमेत २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- दाङ, राजपुर गाउँपालिका-१ कटवेरुवामा रा.४ प १०२४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तुलसीपुर उपमहानगरपालिका-७ गणेशपुर बस्ने ७० वर्षीया गोमा कुमारी भण्डारीको शुक्रबार राती मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-११ खानेपानीस्थित सडकमा बा.७ च ५९७९ नम्बरको गुडिरहेको बोलेरोबाट लडेर सोही नगरपालिका-९ जामिरे बस्ने ३५ वर्षीय भिमसेन बिश्बकर्माको शनिबार बिहान मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको मेलम्ची नगर अस्पताल हुँदै नेपाल मेडिकल कलेज अत्तरखेल काठमाडौँमा उपचारको क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
-
एप्पल र इन्टेलबिच अमेरिकामा चिप डिजाइन र उत्पादनका लागि साझेदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण