बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
फोटो फिचर

गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू

बिहीबार, ०४ असार २०८३, १४ : ४७
बिहीबार, ०४ असार २०८३

सारांश

  • एल निनो प्रभावले दक्षिण एसियामा तापक्रम बढेको छ।
  • चोभारमा पानी जमेको स्थान बालबालिकाको लागि गर्मी छल्ने ठाउँ बनेको छ।
  • काठमाडौँमा दिउँसो तापक्रम ३१.३ डिग्री सेल्सियस पुगेको छ।

काठमाडौँ। एल निनो प्रभावका कारण दक्षिण एसियामा तापक्रम ह्वात्तै बढेको छ। चोभारमा रहेका पानी जमेका स्थानहरू अहिले बालबालिकाको लागि स्विमिङ खेल्ने ठाउँ बनेको छ। 

गर्मी बढ्दा शितल पाउनको लागि बालबालिकाहरु चोभारमा पानी जम्ने गरेको ठाउँमा अहिले दैनिक जसो डुबुल्की मार्न जाने गरेका छन्।

रातिको समयमा हुने गरेको वर्षातका क्रममा जमेको आकाशे पानीमा बाँकटे हान्दै गर्मी छल्ने उनीहरुले नयाँ उपाय पाएका छन्।

एल निनोको प्रभावका कारण नेपालमा पनि विभिन्न स्थानमा वर्षा हुनुका साथै तापक्रममा पनि भारी वृद्धि भएको छ।

राजधानी काठमाडौँमा पनि आज दिउँसो मध्यान्हमा तापक्रम ३१ दशमलव ३ डिग्री पुगेको छ । भैरहवामा ४१.५ डिग्री, नेपालगञ्जमा ४०.४ डिग्री, धनगढीमा ३८.८ डिग्री तापक्रम रेकर्ड भएको मौसम विज्ञान विभागको तथ्याङ्क छ। 

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको जनाइएको छ।

chobhar garmi (1)chobhar garmi (2)chobhar garmi (3)chobhar garmi (4)chobhar garmi (5)chobhar garmi (6)chobhar garmi (7)chobhar garmi (8)chobhar garmi (9)chobhar garmi (10)chobhar garmi (11)chobhar garmi (12)chobhar garmi (13)chobhar garmi (14)chobhar garmi (15)chobhar garmi (16)chobhar garmi (17)chobhar garmi (18)chobhar garmi (19)chobhar garmi (20)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप