बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय
सम्बोधन

मानवअधिकार आयोगलाई प्रधानमन्त्रीको जवाफ– सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन निरन्तर पहल गरिरहेको छु

आइतबार, २४ मङ्सिर २०८०, १२ : ४९
आइतबार, २४ मङ्सिर २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन आफूले निरन्तर पहल गरिरहेको बताएका छन् । सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन ढिला भइरहेकोप्रति चिन्दा व्यक्त गर्दै उनले आम राष्ट्रिय सहमति बनाउनका लागि प्रधानमन्त्रीको हैसियतले आफूले पहल गरिरहेको जिकिर गरेका छन् । 

आइतबार ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आइतबार काठमाडौँमा सम्बोधन गर्दै उनले भने– ‘सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन ढिलाइ भइरहेको छ । यसलाई आम राष्ट्रिय सहमति बनाउन प्रधानमन्त्रीको हैसियतमा मैले लगातार पहल गरिरहेको जानकारी गराउन चाहन्छु । राष्ट्रिय मानवअधिकार आयोगका सिफारिसलाई सरकारले एजेन्डा बनाउने कुरामा कहीँ न कहीँ कमी गरेको आलोचना गम्भीर रूपमा उठाइयो । आयोगको ऐन बनाउने कुरा तीव्रता दिने कुरा उठाइयो । आयोगको सिफारिसलाई शत प्रतिशत कार्यान्वयन गर्ने विश्वास दिलाउन चाहन्छु ।’

यस्तै उनले आयोगका सिफारिस आउने दिनमा एक्सनमा जोड दिने, क्षतिपूर्तिमा लागि आयोगले गरेको सिफारिस कार्यान्वयनका लागि आगामी दिनमा छुट्टै बजेटको व्यवस्था गरिने प्रतिबद्धता जनाए । आरोपित व्यक्तिलाई विभागीय कारबाहीको विषयमा सरकारले बेला बेला आयोगलाई जानकारी दिएको बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप