उपप्रधानमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज
आइतबार, २४ मङ्सिर २०८०, १३ : २४
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ आइतबार अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मंसिर १९ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसवारी, काठमाडौंमा भर्ना भई मुटुको खुम्चिएको नशाको एन्जियोप्लास्टी सर्जरी गरी उपचाररत रहेका थिए ।
श्रेष्ठको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकोले चिकित्सकको सल्लाह र सिफारिसमा अस्पतालबाट डिस्चार्ज गरिएको सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
श्रेष्ठले उपचारमा संलग्न डा. अरुण मास्के सहितको चिकित्सक टोली, नर्सहरु र शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका निर्देशक लगायत अस्पताल परिवारप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण