मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तृषामाथि मंसूर अलीले हाले मानहानीको मुद्दा

आइतबार, २४ मङ्सिर २०८०, १५ : ०२
आइतबार, २४ मङ्सिर २०८०

हैदरावाद । दक्षिण भारतीय अभिनेता मंसूर अली खानले तमिल अभिनेत्री तृषा कृष्णनमाथि मानहानीको मुद्दा हालेका छन् । सामाजिक सञ्जाल एक्समा आफूमाथि गरिएको अपमानजनक टिप्पणीलाई लिएर उनले चेन्नईमा मुद्दा हालेका हुन् । 

तृषामाथि मंसूरले भद्दा टिप्पणी गरेपछि उनको समर्थनमा खुशबू सुन्दर र अभिनेता चिरञ्जीवीसमेतका कलाकारहरु अगाडि आएका थिए । मुद्दामा मंसूरले खुशबू र चिरञ्जीवीको नाम पनि मुछेका छन् ।

‘मसँग भएको यस घटना नबुझिकन र बिना सही जानकारी या कुनै प्रमाण सबैले मेरोबारे अपमानजनक बयान दिए । ‘मैले कसैविरुद्ध कुनै गलत बयान दिएको छैन । मैले कोही अन्य महिलाबारे कहिले कुनै व्यक्तिगत टिप्पणी दिएको छैन,’ मंसूरले आफ्नो ऊजुरीमा भनेका छन् । यो नोटिसबारे तृषा कृष्णनको तर्फबाट कुनै पनि प्रतिक्रिया आएको छैन । खुशबू र चिरञ्जीबीको टिमले पनि कुनै बयान दिएका छैनन् ।

मंसूर र तृषाको यो विवादमा लगातार ट्विष्ट र टर्न आइरहेको छ । यसको शुरुआत एउटा अन्तरवार्ताबाट भएको थियो । अन्तरवार्तामा मंसूरले तृषासँग बलत्कारको सिन शूट गर्ने इच्छा देखाएका थिए । उनको यो अभिव्यक्तिपछि निकै हंगामा भएको थियो । राष्ट्रिय महिला आयोगले पनि अभिनेताविरुद्ध ऊजुरी दर्ता गराएको थियो । आफ्नो अभिव्यक्तिका कारण सामाजिक सञ्जालमा व्यापक आलोचना हुन थालेपछि मंसूरले तृषासँग माफी नै मागे ।

अभिनेत्रीले पनि माफी दिएकी थिइन् । तर मंसूरले मुद्दा हालेर सबैलाई अचम्ममा पारेका छन् । माफी मागेको कुरालाई पछि अभिनेताले सबैभन्दा ठूलो ठट्टा भनेका थिए । मंसूर हालै दक्षिण भारतका सुपरस्टार विजय थलपति र तृषासँग लियोमा देखिएका थिए । उनको यो टिप्पणीप्रति लियोका निर्देशक लोकेश कनगराजले समेत आपत्ति जनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप