९ औँ दिनमा ६० करोड कमाउने एक मात्रै भारतीय फिल्म बन्यो एनिमल
नयाँ दिल्ली । रणवीर कपूर र रश्मिका मन्दनाको मुख्य भूमिका रहेको एनिमलले लगातार बक्स अफिसको रेकर्ड तोडिरहेको छ । फिल्मले रिलिज भएको नवौँ दिनसम्ममा विश्वभर ६ अर्ब ६० करोड ८९ लाख भारु कलेक्सन गरेको छ ।
दोस्रो शनिबार फिल्मले ६० करोड २२ लाख भारु कमाएको थियो । यो आफैँमा एउटा नयाँ रेकर्ड हो । रिलिज भएको नवौँ दिनमा यति ठूलो रकम कलेक्सन गर्ने एनिमल भारतको पहिलो फिल्म हो ।
शुक्रबार फिल्मको कमाई ३७ करोड ३७ लाख थियो । फिल्मको कलेक्शनबारे अपडेट दिने वेबसाइट स्याकनिल्कका अनुसार फिल्मले नवौँ दिनमा भारतमा मात्रै ३८ करोड कमाई गरेको छ । फिल्मले यस अघि नै ८औँ दिनमा सबैभन्दा धेरै कमाउने रेकर्ड बनाइसकेको थियो ।
२०२३ मा धेरै कमाउने चौथो फिल्म
९ दिनमै एनिमलले सलमान खानको टाइगर–३ को अलटाइम कलेक्शनलाई उछिनेको छ । टाइगर–३ को अलटाइम कलेक्सन ४ अर्ब ६५ करोड भारु थियो । ९ दिनमै ६ अर्ब ६० करोड ८९ लाख कमाएर एनिमल २०२३ को सबैभन्दा धेरै कमाउने चौथो फिल्म बनिसकेको छ ।
फिल्मले छिट्टै नै गदर २ को रेकर्ड तोडेर २०२३ को तेस्रो हाईएस्ट ग्रसिङ फिल्म बन्ने बाटोमा छ । एनिमल मात्रै ९ दिनमा भारतको सबैभन्दा धेरै कमाउने १२ औँ फिल्म बनेको छ । फिल्मको कमाई हेर्दा एक दुई दिनमै यसले सबैभन्दा धेरै कमाउने शीर्ष १० भारतीय फिल्ममा आफ्नो स्थान पक्का गर्ने देखिन्छ ।
रणवीरको सबै फिल्मको टुट्यो रेकर्ड
एनिमल रिलिज हुनु अघि रणवीर कपुरको करियरको बेष्ट फिल्म सन् २०१८ मा आएको संजू थियो । यो फिल्मको वल्डवाइड कलेक्सन ५ अर्ब ८६ करोड भारु थियो । ब्रम्हास्त्र उनको करियरको दोस्रो बेष्ट फिल्म थियो । दुवै फिल्मलाई उछिनेर एनिमल रणवीरको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण