मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

द आर्चिजमा बनेको मिम्स लाइक गरेपछि ट्रोल भइन् रवीना टन्डन

आइतबार, २४ मङ्सिर २०८०, १७ : ४०
आइतबार, २४ मङ्सिर २०८०

मुम्बई । जोया अख्तरको ‘द आर्चिज’बाट सुहाना खान, अगस्त्य नन्दा, खुसी कपुरसमेत कयौं स्टार किड्जले आफ्नो अभिनयको शुरुआत गरेका छन् । नेटफ्लिक्समा रिलिज भएको यो फिल्मले दर्शक र समीक्षकहरुबाट मिश्रीत प्रतिक्रिया पाइरहेको छ । स्टार किड्जको अभिनयलाई मानिसहरुले आलोचना गरेका छन् । यसमा कयौं मिम्स बनेका छन् ।

अगस्त्य–खुसीको अभिनयलाई खराब भनिएको एउटा मिमलाई रविना टन्डनले लाइक गरेको एउटा तस्वीर भाइरल भएको छ । यो पोष्टमा लाइक गरेपछि रबिनालाई मानिसहरुले ट्रोल गरेका छन् । आफ्नो छोरी पनि त डेब्यू गर्दैछिन् भन्ने कुरा रविनाले भुलेको भन्दै केहीले उनलाई ट्रोल गरेका छन् । रविनाकी छोरी राशा थडानीले छिटै अजय देवगनको भतिजा अमनसँग डेब्यु गर्दैछिन् ।

नेपोटिजमबारे के भनिन् जोयाले ?

द आर्चिजका कारण यति बेला जोया अख्तर चर्चामा छिन् । फिल्ममा स्टार किड्जहरुलाई लिएको भन्दै धेरैले जोयामाथि प्रश्न उठाइरहेका छन् । हालै एउटा अन्तरवार्तामा जोयाले नेपोटिजमबारे खुलेर कुरा गरेकी थिइन् ।

‘जनताको पैसा लिएर मैले साथीभाई र परिवारका लागि प्रयोग गरेको भए पो नेपोटिजम हुन्थ्यो । मैले त आफ्नै पैसाले फिल्म बनाएको हो । मेरो फिल्म, मेरो पैसा । फिल्ममा मैले कसलाई लिने अनि कसलाई नलिने भनेर भन्ने तिमीहरु को हौं ? भोलि मैले कुनै फिल्ममा मेरो भतिजीलाई खेलाउन चाहे भने यो मेरो समस्या हो तिमीहरुको होइन ।’ जोयाले एउटा अन्तरवार्तामा भनेकी थिइन् । फिल्ममा आफूले सुहानालाई खेलाएर अरुको जिन्दगीमा असर नपर्ने भन्दै जोयाले आफ्नो जिन्दगीमा परिवर्तन आउने कुरामा ध्यान दिन ट्रोल गर्नेहरूलाई भनेकी थिइन् । जोया अख्तरको द आर्चिज डिसेम्बर ७ मा नेटफ्लिक्समा रिलिज भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप