सीमा क्षेत्रमा गोली प्रहार, विराटनगरका युवक घाइते
विराटनगर । नेपाल–भारत सीमा क्षेत्र दशगजामा विराटनगरका एक जना युवामाथि गोली प्रहार भएको छ । आइतबार साँझ ५:४० बजे गोली लागेर विराटनगर ८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका हुन् ।
विराटनगर-१६ दक्षिण गेटदेखि पारी भारतीय भूमिमा अज्ञात समूहले गोली प्रहार गरेको उनले बताएका छन् । उनको बायाँ तिघ्रामा गोली लागेको छ । घाइते भएका संग्रौलाको उपचार विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक कक्षमा भइरहेको छ ।
‘उपभोग्य खाद्यवस्तु खरिदको लागि जोगवनी गएको थिएँ । साँझ घर फर्किने क्रममा जोगवनीदेखि उत्तर रेलको स्टेसनदेखि माथितिर दक्षिण गेटबाट विराटनगर जाँदै थिए । त्यही बिचमा ६ जना केटाहरूसँग भेट भयो । केही बेर भनाभन भयो । एक जनाले मलाई गोली हाने,’ कोशी अस्पतालमा उपचार गराइरहेका घाइते संग्रौलाले भने ।
कोशी अस्पतालको मेडिकल अफिसर डाक्टर तुलसी गोइतले एक्स–रे गर्दा तिघ्रामा बुलेट जस्तो देखिएको बताए । ‘तिघ्राभन्दा तल्लो भागमा छाया देखिएको छ । यो भनेको ‘फोरेन बडी’ हो । बुलेट जस्तो पनि देखिएको छ । तिघ्रादेखि तल फ्राक्चर पनि भएको छ । यो बुलेटको फोर्स लागेर पनि हुनसक्छ,’ उनले भने, ‘इनसिजर गरेर निकालेपछि मात्र कन्फर्म गर्न सकिन्छ ।’
यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले दशगजा क्षेत्रमा नभएर भारतीय भूमितिर गोली चलेको हुनसक्ने बताए । ‘दशगजामा भएको भए प्रहरीलाई थाहा हुने थियो । हामीले पनि बिरामी हस्पिटल आएपछि मात्र थाहा पाएका छौँ । घटना विषय अनुसन्धान भइरहेको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा बाढी पसेपछि सुकुमबासी परिवारको बिचल्ली (तस्बिरहरू)
-
न्याय खोज्दै फेरि मिटरब्याज पीडितको ‘सिंहदरबार मार्च’
-
एआईबाट सिर्जित सङ्गीत पहिचान गर्न नयाँ लेबलिङ प्रणाली सार्वजनिक
-
अघिल्लो वर्षको तुलनामा बढ्यो राजश्व संकलन, अनुदानमा पनि वृद्धि
-
कोरला नाका जोड्ने (छुसाङ–घमी) सडकको कालोपत्रका लागि ठेक्का आह्वान
-
अर्जेन्टिनाको खेल नसकिँदै थामिएन गुगल सर्चको ट्राफिक, एकैदिन बन्यो नयाँ कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण