शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीमा ५ विघामा लगाइएको गाँजा खेती नष्ट

सोमबार, २५ मङ्सिर २०८०, १० : २७
सोमबार, २५ मङ्सिर २०८०

जनकपुरधाम । सर्लाही प्रहरीले ५ विघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । आइतबार प्रहरीले सर्लाहीको ईश्वरपुर नगरपालिका १२ पिपलदमार डाँडा पाखा स्थित अवैध रुपमा लगाएको गाँजा खेती नष्ट गरेको हो । 

लागुऔषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले आइतबार १२ बजेर ३५ मिनेटदेखि ४ बजेर २० मिनेटको समयमा ५ विघामा लगाइएको गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए । 

यसअघि शुक्रबार प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–१४ तिनतल्लेमा १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप