सर्लाहीमा ५ विघामा लगाइएको गाँजा खेती नष्ट
सोमबार, २५ मङ्सिर २०८०, १० : २७
जनकपुरधाम । सर्लाही प्रहरीले ५ विघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । आइतबार प्रहरीले सर्लाहीको ईश्वरपुर नगरपालिका १२ पिपलदमार डाँडा पाखा स्थित अवैध रुपमा लगाएको गाँजा खेती नष्ट गरेको हो ।
लागुऔषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले आइतबार १२ बजेर ३५ मिनेटदेखि ४ बजेर २० मिनेटको समयमा ५ विघामा लगाइएको गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।
यसअघि शुक्रबार प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका–१४ तिनतल्लेमा १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण