राष्ट्र बैंकले १८ अर्ब ५० करोडको ट्रेजरी बोलकबोल गर्दै
सोमबार, २५ मङ्सिर २०८०, १३ : ३५

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार साढे १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले मङ्सिर २६ गते अर्थात मंगलबार जारी गर्ने गरी ९१ दिने र १८२ दिने र ३६४ दिने गरी तीन किसिममा कूल १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।
कूल ट्रेजरी मध्ये ८ अर्ब रुपैयाँ नयाँ जारी गर्न लागेको केन्द्रीय बैंकले बाँकी १० अर्ब ५० करोड रुपैयाँ बराबरको पुरानो ट्रेजरीकै नवीकरण गर्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेभित्र ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ । यसअघि केन्द्रीय बैंकले मङ्सिर १८ गते १६ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपक्षी दलहरूको बैठक नयाँ बानेश्वरमा
-
कान्ति लोकपथ ४ दिन पूर्ण रूपमा बन्द हुने
-
‘सुझाव कार्यान्वयन भए धमिलो अर्थतन्त्र सफा हुन्छ’
-
आर्थिक सुधारको प्रतिवेदन: कार्यक्रममा आशा, कार्यान्वयनमा आशंका
-
उच्चस्तरीय आयोगको सुझाव : सरकारले कति अपनायो, कति छाड्यो ?
-
संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस गरिने