राष्ट्र बैंकले १८ अर्ब ५० करोडको ट्रेजरी बोलकबोल गर्दै
सोमबार, २५ मङ्सिर २०८०, १३ : ३५
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार साढे १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले मङ्सिर २६ गते अर्थात मंगलबार जारी गर्ने गरी ९१ दिने र १८२ दिने र ३६४ दिने गरी तीन किसिममा कूल १८ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो ।
कूल ट्रेजरी मध्ये ८ अर्ब रुपैयाँ नयाँ जारी गर्न लागेको केन्द्रीय बैंकले बाँकी १० अर्ब ५० करोड रुपैयाँ बराबरको पुरानो ट्रेजरीकै नवीकरण गर्ने भएको हो ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेभित्र ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् । ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ । यसअघि केन्द्रीय बैंकले मङ्सिर १८ गते १६ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण