एमाले लुम्बिनीले बुझायो प्रदेश सरकारलाई ज्ञापनपत्र
बुटवल । लुम्बिनीमा बेथिति बढेको भन्दै नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । संसदीय दलका नेता लीला गिरि नेतृत्वको प्रतिनिधि मण्डलले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीलाई सोमबार ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा सरकारको काम गर्ने शैली, अपारदर्शी र असन्तुलित रहेको उल्लेख छ । यस्तै प्रदेश मातहतका सेवा प्रवाह प्रभावकारी नहुँदा जनतामा निराशा र आक्रोश बढिरहेको ज्ञापनपत्र भनिएको छ ।
एमालेले महँगी वृद्धि रोक्नेदेखि सरकार विस्तारको नाममा हुने मन्त्रालय विभाजन पनि रोक्न माग गरेको छ ।
यस्तै दीर्घकालीन योजना रोकिँदा महत्त्वपूर्ण योजनाहरू प्रभावित भएको, अति संवेदनशील क्षेत्रमै बजेट विनियोजन रोकिएको एमालेले बताएको छ ।
पूर्वाग्रहका आधारमा बजेट रोक्ने, योजनाहरू प्रभावित बनाउने र बिचौलिया पोस्ने गरी बजेटको दुरुपयोग गरिँदा त्यसको असर प्रदेशको विकासमा पर्न गएको एमालेको आरोप छ ।
यस्तै प्रदेश सभामा विषयगत समितिहरू गठन नगरिएको, प्रदेश सभाका बैठकहरू नचलेका, मिनी सभाका रूपमा काम गर्ने र प्रत्यक्ष सरोकारका संसदीय समितिहरूलाई नेतृत्वविहीन बनाइराख्दा राम्रो सन्देश नगएको एमालेको धारणा छ ।
सरकारले प्रतिपक्षी दलसँग गरेका सहमतिहरूको कार्यान्वयन गर्नेतर्फ तदारुकता नदेखाएको, प्रदेशमा बेथिति र मनपरीलाई आत्मसात् गरिनुले जनतामा निराशा मात्रै बढाइरहेको एमालेको दाबी छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री चौधरीद्वारा हात्ती प्रजनन तथा तालिम केन्द्रकाे निरीक्षण
-
काष्ठकलाकी सफल उद्यमी विष्णुकुमारीको प्रेरणादायी यात्रा
-
गणेश नेपाली र सुकुमबासी प्रकरणले तात्दै माइतीघर
-
स्ट्रेट अफ होर्मुज नजिक जहाजमाथि आक्रमण, एक भारतीय बेपत्ता
-
४२औँ वर्षमा नबिल बैंक : ‘बैंकिङ एण्ड बियोन्ड’ र एआईमार्फत भविष्यको नेतृत्व गर्ने घोषणा
-
‘नन्दप्रसाद जानुका स्मृति सम्मान’ शिक्षासेवी आत्माकृष्ण श्रेष्ठलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण