देशका विभिन्न स्थानमा ४ जना मृत फेला
मङ्गलबार, २६ मङ्सिर २०८०, १२ : २५
काठमाडौँ । देशका विभिन्न स्थानमा चारजना मृत अवस्थामा फेला परेका छन् । कैलाली, दाङ, उदयपुर र सल्यानमा उनीहरू मृत फेला परेका हुन् ।
- कैलाली, टिकापुर नगरपालिका-५ झन्झटपुरस्थित रानी कुलोको पानीमा सोही ठाउँ बस्ने ८५ वर्षीया धनसरा देवी शाह सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
- दाङ, गढवा गाउँपालिका-१ रङसिङ खोलाको किनारमा अर्घाखाँची सितगंगा नगरपालिका-८ बस्ने ४९ वर्षीया लक्ष्मी डालामगर सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
- उदयपुर, कटारी नगरपालिका-५ खैरेनी बस्ने ७८ वर्षीय सरुकलाल कुमार दनुवार घर नजिकै रहेको आफ्नै माछा पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
- सल्यान, कपुरकोट गाउँपालिका-६ डिग्रे बस्ने ५४ वर्षीय रामलाल पुन घरदेखि करिब ६ किलोमिटर टाढा बाटो नजिक सोमबार मृत अवस्थामा फेला परेका छन् । सोही गाउँपालिका-६ जलवाङस्थित आफन्तको घरमा गएका उनी साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण