शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

देशका विभिन्न स्थानमा ४ जना मृत फेला

मङ्गलबार, २६ मङ्सिर २०८०, १२ : २५
मङ्गलबार, २६ मङ्सिर २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा चारजना मृत अवस्थामा फेला परेका छन् । कैलाली, दाङ, उदयपुर र सल्यानमा उनीहरू मृत फेला परेका हुन् ।

  • कैलाली, टिकापुर नगरपालिका-५ झन्झटपुरस्थित रानी कुलोको पानीमा सोही ठाउँ बस्ने ८५ वर्षीया धनसरा देवी शाह सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
  • दाङ, गढवा गाउँपालिका-१ रङसिङ खोलाको किनारमा अर्घाखाँची सितगंगा नगरपालिका-८ बस्ने ४९ वर्षीया लक्ष्मी डालामगर सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
  • उदयपुर, कटारी नगरपालिका-५ खैरेनी बस्ने ७८ वर्षीय सरुकलाल कुमार दनुवार घर नजिकै रहेको आफ्नै माछा पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।  
  • सल्यान, कपुरकोट गाउँपालिका-६ डिग्रे बस्ने ५४ वर्षीय रामलाल पुन घरदेखि करिब ६ किलोमिटर टाढा बाटो नजिक सोमबार मृत अवस्थामा फेला परेका छन् । सोही गाउँपालिका-६ जलवाङस्थित आफन्तको घरमा गएका उनी साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो । 

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप