शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल प्रहरी श्रीमती संघद्वारा भूकम्प पीडितलाई राहत वितरण

बुधबार, २७ मङ्सिर २०८०, १० : ३९
बुधबार, २७ मङ्सिर २०८०

सुर्खेत ।  जाजरकोट भूकम्पबाट पीडितहरूलाई नेपाल प्रहरी श्रीमती संघले राहत वितरण गरेको छ । संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवर लगायतका समितिका पदाधिकारीहरुले जाजरकोट र रुकुम पश्चिम दुबै जिल्लामा पुगे राहत वितरण गरको हुन् ।

जाजरकोटको भेरी नगरपालिका–१, राउत गाउँमा रहेका भूकम्प पीडितहरू ४२ सुत्केरी, ५० जना विद्यार्थी, ३१ वटा मृतकका र चार जना ज्येष्ठ नागरिकलाई गरी १२७ घरपरिवारलाई झोला, कापी–कलम साथै अन्य घर परिवारलाई थर्मस, बल्याङ्केट, मोजा, ट्राउजर,मण्डी, टोपी स्विटर लगायतका सामाग्री वितरण गरिएको छ । यस्तै रूकुम पश्चिम आठबिसकोट नगरपालिका –१४ छेपारेमा ४२ मृतकका २८ घरपरिवारलाई राहत सामाग्री वितरण गरिएको छ ।

राहात वितरणको क्रममा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवरले जाजरककोट र रूकुम पश्चिमामा स्थलगत रूपमा पुगेर भूकम्प प्रभावित व्यक्ति, परिवारलाई आफूहरूले गरेको मानविय सहयोगबाट आपसी सद्भाव, एकता र राष्ट्रिय भावनाको विकास हुनेहुँदा यस्तो विपदको समयमा सबै एकजुट भएर एकअर्कालाई सहयोग गर्नु सबैको साझा दायित्व रहेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप