नेपाल प्रहरी श्रीमती संघद्वारा भूकम्प पीडितलाई राहत वितरण
सुर्खेत । जाजरकोट भूकम्पबाट पीडितहरूलाई नेपाल प्रहरी श्रीमती संघले राहत वितरण गरेको छ । संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवर लगायतका समितिका पदाधिकारीहरुले जाजरकोट र रुकुम पश्चिम दुबै जिल्लामा पुगे राहत वितरण गरको हुन् ।
जाजरकोटको भेरी नगरपालिका–१, राउत गाउँमा रहेका भूकम्प पीडितहरू ४२ सुत्केरी, ५० जना विद्यार्थी, ३१ वटा मृतकका र चार जना ज्येष्ठ नागरिकलाई गरी १२७ घरपरिवारलाई झोला, कापी–कलम साथै अन्य घर परिवारलाई थर्मस, बल्याङ्केट, मोजा, ट्राउजर,मण्डी, टोपी स्विटर लगायतका सामाग्री वितरण गरिएको छ । यस्तै रूकुम पश्चिम आठबिसकोट नगरपालिका –१४ छेपारेमा ४२ मृतकका २८ घरपरिवारलाई राहत सामाग्री वितरण गरिएको छ ।
राहात वितरणको क्रममा नेपाल प्रहरी श्रीमती संघकी केन्द्रिय अध्यक्ष लक्ष्मी कुँवरले जाजरककोट र रूकुम पश्चिमामा स्थलगत रूपमा पुगेर भूकम्प प्रभावित व्यक्ति, परिवारलाई आफूहरूले गरेको मानविय सहयोगबाट आपसी सद्भाव, एकता र राष्ट्रिय भावनाको विकास हुनेहुँदा यस्तो विपदको समयमा सबै एकजुट भएर एकअर्कालाई सहयोग गर्नु सबैको साझा दायित्व रहेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण