कर्णालीको दुःख देख्ने टावर बन्छ कहिले ?
ट्रेन कुद्ने तिम्रो ठाउँ खच्चर कुद्छन यहाँ
धन हुने राजधानी गए हामी जानु कहाँ
अप्ठ्यारो छ, विकट छ, साथै सुन्दर पनि
कुराहरू मात्रै भयो विकास गर्ने भनी
पिज्जा वर्गर खान्छौ तिमी घरमै अर्डर गरी
यहाँ नुनका लागि लड्नु पर्छ जिउनु कसो गरी
तिमी हाँसे समाचार बन्छ भाइरल हुन्छ त्यहाँ
गरिबका दुःखपीडा कसले देख्छ यहाँ
अस्पातलको अभाव यहाँ जिउनु कसो गरी
आसै आसमा जिउनुपर्ने रैछ जीवनभरी
बन्जी हान्ने पुल बनाए यही देशमा कोही
तुइन पनि मर्मत छैन कति बस्नु रोई
भ्युटावर बनेका छन् देशभरी अहिले
कर्णालीको दुःख देख्ने टावर बन्छ कहिले ?
जीवन बुझ्न भए पनि एक पटक आउनु
साँच्चै विकास गर्ने भए कर्णाली बनाउनु
न बाटोले घर छुन्छ न बत्ती छ घरमा
यो जुनी त यसै बित्यो विकास देख्ने रहरमा
एक बोरा चामल दिन्छन् सहयोग गर्छौं भनी
यही देशको नागरिक होइन र म पनि
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण