२०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ना भएका नेपाली युवाहरूलाई सकुशल फिर्ता गर्न सरकारले हर सम्भव प्रयास गरिरहेको बताएका छन् । बुधवार काभ्रेको धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको खबर आउनु चिन्ताजनक भएको पनि बताए ।
‘अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हर सम्भव प्रयास गरिरहेको छ’, प्रधानमन्त्रीको भनाइ छ । उनले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माणको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खान बाध्य भएको बताए ।
‘म उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देश हितको पनि काम गर्न सकिन्छ’, प्रधानमन्त्रीले नेपालमै अवसर रहेको र स्वदेशमै काम गर्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
-
लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाऊ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण