बाराको सिम्रौनगढ नगरपालिकामा गोली चल्दा १ जनाको मृत्यु (अपडेट)
बारा । बाराको सिम्रौनगढ नगरपालिकामा गोली चल्दा एक जनाको मृत्यु भएको छ । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमाथि जाइलागेका आन्दोलनकारीले उनी सवार गाडीमा ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन सुरुमा अश्रु ग्यास प्रहार गरेको थियो । स्थिति अझै तनावग्रस्त बनेपछि प्रहरीले हवाई फायर गर्दा एक जना गम्भीर घाइते भएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सुरेश काफ्लेका अनुसार गम्भीर घाइतेलाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका छन् । मृतको परिचय खुलि नसकेको जानकारी काफ्लेले दिए ।
नगर प्रमुख किशोरी साहको गाडीमा चढेर आएका मिश्रलाई हाजिर गराउन खोज्दा कर्मचारी आन्दोलनमा उत्रिएका थिए । आन्दोलनकारीहरूले गाडी जलाउने तथा नगरपालिकाको कार्यालयमा समेत ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको जानकारी एसपी काफ्लेले दिए । उनका अनुसार आन्दोलनकारीको आक्रमणबाट प्रहरीका समेत १० जना घाइते भएका छन् ।
नगरपालिकामा विगत ५ महिनादेखि नगर अस्पताल बन्द छ भने एक साता देखि सामुदायिक विद्यालयहरूमा पठन पाठन पनि ठप्प छ । सो नगरपालिकामा शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीहरू १४ महिनायता सेवा सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण