काठमाडौँसहित विभिन्न स्थानमा तीन जना मृत फेला
बुधबार, २७ मङ्सिर २०८०, १७ : २८
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित सडक पेटीमा बुढानीलकण्ठ नगरपालिका-११ कपन घर भएका ४५ वर्षीय राजु नेपाली बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका-५ खोनपुर बस्ने ६० वर्षीया रुन्ची थारु सोही ठाउँस्थित खेतमा पानी सिचाई गर्ने कुलोमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।
उता पर्साको वीरगन्ज महानगरपालिका-१६ ईनर्वागाँउ बस्ने २५ वर्षीय राकेश पटेल आफ्नै सुत्ने कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण