सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अर्थ

बढ्यो नेपालीको विदेश भ्रमण खर्च, चार महिनामा बाहिरियो ६२ अर्ब

बिहीबार, २८ मङ्सिर २०८०, १४ : ४८
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । नेपालीहरुको अन्तर्राष्ट्रिय भ्रमण महँगो बन्न थालेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार विदेशीले नेपालमा गर्ने खर्चको तुलनामा नेपालीले विदेशमा गर्ने खर्च महँगो बन्न थालेको हो ।

केन्द्रीय बैंकले जारी गरेको ‘वर्तमान आर्थिक तथा वित्तीय अवस्था’को तथ्यांकअनुसार साउनदेखि कात्तिक महिनासम्म नेपालीको विदेश भ्रमण खर्च ६५ प्रतिशतले बढेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा हो ।

तथ्यांकअनुसार ४ महिनामा ६१ अर्ब ९२ करोड रुपैयाँ रकम नेपालीको भ्रमणबापत बाहिरिएको छ । अघिल्लो वर्ष यस्तो खर्च ३७ अर्ब ५४ करोड रुपैयाँ थियो । यस्तै, गत वर्षको सोही अवधिमा शिक्षातर्फबाट २२ अर्ब ६१ करोड रुपैयाँ बाहिरिएको थियो ।

जबकि, यो चार महिनाको अवधिमा विदेशबाट नेपाल घुम्न आउने पर्यटकबाट २५ अर्ब ७४ करोड रुपैयाँ मात्रै आर्जन भएको छ । यस्तो आम्दानी गत वर्षको चार महिनामा १७ अर्ब ४९ करोड रुपैयाँ थियो । यस्तै, तथ्यांकअनुसार चालू वर्षमा खुद सेवा आय समेत २८ अर्ब रुपैयाँले घाटामा छ ।

यद्यपि, यो गत वर्षको तुलनामा सुधारात्मक हो । गत वर्षको सोही अवधिमा यस्तो घाटा २६ अर्ब ७८ करोड रुपैयाँले घाटामा थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप