बढ्यो नेपालीको विदेश भ्रमण खर्च, चार महिनामा बाहिरियो ६२ अर्ब
काठमाडौँ । नेपालीहरुको अन्तर्राष्ट्रिय भ्रमण महँगो बन्न थालेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार विदेशीले नेपालमा गर्ने खर्चको तुलनामा नेपालीले विदेशमा गर्ने खर्च महँगो बन्न थालेको हो ।
केन्द्रीय बैंकले जारी गरेको ‘वर्तमान आर्थिक तथा वित्तीय अवस्था’को तथ्यांकअनुसार साउनदेखि कात्तिक महिनासम्म नेपालीको विदेश भ्रमण खर्च ६५ प्रतिशतले बढेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा हो ।
तथ्यांकअनुसार ४ महिनामा ६१ अर्ब ९२ करोड रुपैयाँ रकम नेपालीको भ्रमणबापत बाहिरिएको छ । अघिल्लो वर्ष यस्तो खर्च ३७ अर्ब ५४ करोड रुपैयाँ थियो । यस्तै, गत वर्षको सोही अवधिमा शिक्षातर्फबाट २२ अर्ब ६१ करोड रुपैयाँ बाहिरिएको थियो ।
जबकि, यो चार महिनाको अवधिमा विदेशबाट नेपाल घुम्न आउने पर्यटकबाट २५ अर्ब ७४ करोड रुपैयाँ मात्रै आर्जन भएको छ । यस्तो आम्दानी गत वर्षको चार महिनामा १७ अर्ब ४९ करोड रुपैयाँ थियो । यस्तै, तथ्यांकअनुसार चालू वर्षमा खुद सेवा आय समेत २८ अर्ब रुपैयाँले घाटामा छ ।
यद्यपि, यो गत वर्षको तुलनामा सुधारात्मक हो । गत वर्षको सोही अवधिमा यस्तो घाटा २६ अर्ब ७८ करोड रुपैयाँले घाटामा थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
-
कांग्रेसले बोलायो विपक्षी दलहरूको बैठक
-
चीनले बर्सेनि १७ अर्ब डलरको अमेरिकी कृषिजन्य वस्तु किन्ने
-
ओलीको निर्देशन : एकताबद्ध भएर जनतामाझ जानुस्
-
मन्त्री फेरबदलले लुम्बिनी प्रदेशको बजेट निर्माणमा कस्तो असर पर्ला ?
-
सीको उत्तर कोरिया भ्रमणले बढायो उत्तर कोरियाको साख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण