डुङ्गाबाट ६ सय करोड भारुको लागुऔषध बरामद, १४ पाकिस्तानी हिरासतमा
गुजरात । भारतीय कोस्ट गार्डले गुजरातको पोरबन्दरको पश्चिममा लागु औषध विरोधी अभियानमा १४ पाकिस्तानी नाविकसहितको डुङ्गालाई रोकेको छ । उक्त डुङ्गाबाट ८६ किलो लागु औषध बरामद भएको कोस्ट गार्डले जनाएको छ, जसको अन्तर्राष्ट्रिय बजारमा मूल्य करिब ६०० करोड भारतीय रुपैयाँ रहेको छ ।
कोस्ट गार्डका अनुसार गुजरात प्रहरीको एटीएस र नार्कोटिक्स कन्ट्रोल ब्यूरोको टोली पनि यो डुङ्गा समात्न अभियानमा संलग्न रहेको थियो ।गत महिना पनि कोस्ट गार्डले ८० केजी लागु औषध बरामद गरेको थियो ।
गुजरातका डीजीपी विकास कुमारले एक विज्ञप्तिमा यी लागु औषध भारतीय बजारका लागि नभई श्रीलङ्का लगिएको बताएका छन्। अल रजा नामको पाकिस्तानी डुङ्गामा १४ जना पाकिस्तानी सवार थिए । उनीहरू सबै बलुचिस्तानका नागरिक हुन्। पाकिस्तानी नागरिकलाई हिरासतमा लिएर डुङ्गाको तलासी गर्दा कुल ८६ किलो तौल भएको लागु औषधका ७८ प्याकेट भेटिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण