शिक्षा क्षेत्रमा विकृति मौलाएको भन्दै अखिल क्रान्तिकारीको आपत्ति
काठमाडौँ । मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) काे विद्यार्थी संगठन अखिल क्रान्तिकारीले शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ । नयाँ शैक्षिक सत्र २०८१ सुरुवात भएसँगै शिक्षण संस्थाहरूले सधैँजस्तो विद्यार्थी र अभिभावक लुट्ने धन्दा फेरि निरन्तरता दिएको भन्दै अखिल क्रान्तिकारीले फिर्ता लिन माग गरेको हो ।
गैर-जिम्मेवार राज्य र निजी शैक्षिक क्षेत्रका माफियाहरूको जाँतोमा नेपाली विद्यार्थीहरू पिल्सिएको अखिल क्रान्तिकारीको बागमती प्रदेश संयोजक उषाकिरण आजादले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
एकातिर निजी शैक्षिक संस्थाहरू र कतिपय सामुदायिक शैक्षिक संस्था समेतले शुल्क वृद्धिका साथै इन्ट्रान्स फारम शुल्क , इन्ट्रान्स शुल्क, भर्ना शुल्क, स्वागत तथा बिदाइ शुल्क, वार्षिक शुल्क, पुस्तकालय शुल्क लगायत विभिन्न शीर्षकहरूमा शुल्क असुल गर्ने धन्दा नै चलाएको उनको आराेप छ।
थरिथरीका ड्रेसकोड तोक्ने, विद्यालय भित्रै त्यसको व्यापार गर्ने वा कार्टेलिङ गरि निश्चित स्थानबाट खरिदका लागि तोक्ने, खेलकुद सामाग्री , कापी र किताब लगायतका सामाग्रीहरूको विद्यालयभित्रै व्यापार गर्ने , विद्यार्थी र अभिभावकलाई अनावश्यक सामाग्री खरिद गर्न बाध्य बनाउने, प्रारम्भिक चरणबाटै विद्यार्थीहरूलाई प्रवेश परीक्षाका नाममा पढ्न पाउने अधिकारबाट वञ्चित बनाउने लगायतका गतिविधिहरू भइरहेको भन्दै त्यसको निन्दा गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
-
आज पनि घट्यो सुनचाँदीको मूल्य
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण