थापाको ‘तल्लो पाटोमा तैरिँदा’ कृति लोकार्पण
काठमाडौँ । साहित्यकार हरि थापाको तेस्रो सयात्रा कृति ‘तल्लो पाटोमा तैरिँदा’ को लोकार्पण भएको छ । उक्त कृति साहित्यकारहरू पवन आलोक, लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ ‘रोदन’, प्राडा कृष्णप्रसाद दाहाल, देविका तिमल्सिना र सर्जकले संयुक्त रुपमा लोकार्पण गरेका थिए । सो कार्यक्रम नेपाल स्रष्टा समाजका अध्यक्ष ‘रोदन’को सभाध्यक्ष्यतामा भएको थियो ।
लोकार्पित पुस्तकमाथि बोल्दै प्राडा लक्ष्मणमप्रसाद गौतमले नयाँ विधा लेखेर स्थापित गराउन निकै चुनौतीपूर्ण हुने बताए । उनले भने, ‘सिद्धान्तीकरण गर्नुपर्छ । अनुयायी जन्माउनुपर्छ । त्यसपछि समालोचकले सिद्घान्त बनाउने गरेका हुन्छ ।’
यस्तै सो कृतिबारेमा बोल्दै प्राडा कृष्णप्रसाद दाहालले उनको सयात्रामा नियात्राका प्रशस्त तत्त्व भएको बताए, ‘नियात्रामा सिद्धान्तबाट हेर्दा नियात्रा नै हो । एउटा बाटो हिँड्दाभन्दा नयाँ बाटो हिँड्दा नयाँ दृश्य देखिने बताए ।
समालोचक प्राडा कृष्णप्रसाद दाहालले कृतिबारे बोल्दै सयात्रा भनिए पनि यो नियात्रा झैं लाग्ने उल्लेख गरे । उनले सर्जक थापाले सुरु गरेको यस उपविधामा नियात्राभन्दा केही पृथक् तत्त्व र संरचना देखिनुपर्नेमा जोड दिए। उनले कृति सुन्दर बनेको र यसमा अमेरिकामा बस्ने नेपालीको पीडा अभिव्यक्त भएको बताए। उनले यसको सिद्धान्त निर्माणका लागि अन्य लेखकहरूले पनि सयात्रामा कलम चलाउनु पर्ने बताए ।
सयात्राको लेखक हरि थापाले यात्रा धेरै कुरा सँगसँगै हुने भएकाले कुनै छुट्याउन नमिल्ने भएकाले सयात्राको धारणा ल्याएको बताए । उनले भने, ‘यात्रा गर्दा साथी, ठाउँ, सवारी साधन सबै एकैसाथ हुन्छ । कुनै पक्ष छुट्याउँदा अपूर्ण हुने रहेछ । सबै कुरा अटाउनुपर्छ भन्ने मान्यतामा सयात्राको प्रतिपादन गरेको हुँ ।
कार्यक्रममा सभापति श्रीओम श्रेष्ठ रोदन, पवन आलोक, देविका तिमिल्सिना र मधु पाठकले पनि सयात्राको बारेमा बोलेका थिए ।
यसअघि दुई सयात्रा पुस्तक प्रकाशित गरिसकेका थापाको यो आठौँ कृति हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण