मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

युवा नेतृत्व शक्तिबाट मधेसको विकास र समृद्धि सम्भवः  मन्त्री सिंह

मधेस प्रदेशका सबै जिल्लामा यातायात व्यवस्था कार्यालय हुने
बिहीबार, २८ मङ्सिर २०८०, १६ : ०५
बिहीबार, २८ मङ्सिर २०८०

जनकपुरधाम । मधेस प्रदेशका सबै जिल्लामा यातायात व्यवस्था कार्यालय हुने भएको छ । बाराको कलैयाबाट यातायात सम्बन्धित सबै कार्य पूर्णतया संचालनमा आएको श्रम तथा यातायातमन्त्री चन्दनकुमार सिंहले जानकारी दिए । उनका अनुसार कलैयामा  कार्यालय उदघाटन सम्पन्न भइसकेको छ । 

कलैया उपमहानगरपालिका वडा नम्बर ३ गङ्गापुर स्थित संचालनमा आएको यातायात व्यवस्था कार्यालयको उद्घाटन गर्दै यातायात मन्त्री सिंहले संघीयता मधेश र मधेशीको विकासको लागि रहेको भन्दै संघीयताबाट नै युवा नेतृत्व शक्तिबाट मधेशको विकास र समृद्धि सम्भव रहेको बताए ।
समाजको विसंगति, विकृत्तिलाई समाप्त पार्दै विकासको गतिमा लैजानु राजनीतिको मुख्य उद्देश्य रहेको र यो संघीयता भएमात्रै यो सम्भव हुने भन्दै मन्त्री सिंहले संघीयताको विरोध गर्नेहरुले संघीयताको मुलमर्म बुझ्नु आवश्यक रहेको बताए ।

यस्तै मन्त्री सिंहले प्रदेशमा अटोमेटिक ट्रयाल सेन्टर सञ्चालन गर्ने पनि बताएका छन् । केही दिन पहिले नयाँ दिल्लीस्थित अटोम्याटिक ट्रयाल सेन्टरको निरीक्षण गरेका उनले मधेसमा पनि अटोमेटिक ट्रयाल सेन्टर निर्माणमा लागिपर्ने उनको भनाइ थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप