शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माण व्यवसायीको प्राविधिक परामर्श शाखा स्थापना

बिहीबार, २८ मङ्सिर २०८०, १६ : १४
बिहीबार, २८ मङ्सिर २०८०

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको सचिवालयमा बिहीबारदेखि विविधत् रुपमा कानुनी तथा प्राविधिक परामर्श शाखा स्थापना गरिएको छ । 

महासंघका अध्यक्ष रवि सिंह र निर्माण व्यवसाय प्रवर्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष समेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ई. भीमार्जुन अधिकारीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् । 

 उद्घाटनपछिको कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले देशभरका निर्माण व्यवसायीहरूको सशक्तिकरणमा कानुनी तथा प्राविधिक परामर्श शाखाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखे । विगतमा कानुनी तथा प्राविधिक ज्ञानको अभावमा निर्माण व्यवसायीहरूले विभिन्न खाले समस्याहरू सामना गर्नु परेको भन्दै अध्यक्ष सिंहले अब त्यस्ता समस्या समाधान हुने बताए । 

 निर्माण व्यवसाय प्रवर्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष ई. भीमार्जुन अधिकारीले महासंघमा कानुनी तथा प्राविधिक परामर्श शाखा सञ्चालन हुनु अत्यन्त सकारात्मक भएको बताए । अधिकारीले शाखाबाट साना निर्माण व्यवसायीहरू अझ बढी लाभान्वित हुने विश्वास व्यक्त गरे ।  जिल्ला जिल्लामा रहेका साना निर्माण व्यवसायीहरूका लागि सचेतनाका अन्य कार्यक्रम पनि आवश्यक भएको अधिकारीले बताए । 

 महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) ले सबै खाले निर्माण व्यवसायीहरूका लागि कानूनी तथा प्राविधिक ज्ञान अत्यन्त महत्वपूर्ण भएको विचार व्यक्त गरे । 

 महासचिव रोशन दाहालले सिक्ने सिकाउने परिपाटी सबैका लागि लाभदायी भएको बताउँदै सबै खाले व्यवसायीहरूको वृद्धि विकासका लागि महासंघ क्रियाशील रहेको जानकारी दिए  । कार्यक्रममा महासंघका अन्य पदाधिकारीहरू र कार्य समिति सदस्यहरूको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप