निर्माण व्यवसायीको प्राविधिक परामर्श शाखा स्थापना
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको सचिवालयमा बिहीबारदेखि विविधत् रुपमा कानुनी तथा प्राविधिक परामर्श शाखा स्थापना गरिएको छ ।
महासंघका अध्यक्ष रवि सिंह र निर्माण व्यवसाय प्रवर्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष समेत रहेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ई. भीमार्जुन अधिकारीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।
उद्घाटनपछिको कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका अध्यक्ष रवि सिंहले देशभरका निर्माण व्यवसायीहरूको सशक्तिकरणमा कानुनी तथा प्राविधिक परामर्श शाखाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने धारणा राखे । विगतमा कानुनी तथा प्राविधिक ज्ञानको अभावमा निर्माण व्यवसायीहरूले विभिन्न खाले समस्याहरू सामना गर्नु परेको भन्दै अध्यक्ष सिंहले अब त्यस्ता समस्या समाधान हुने बताए ।
निर्माण व्यवसाय प्रवर्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष ई. भीमार्जुन अधिकारीले महासंघमा कानुनी तथा प्राविधिक परामर्श शाखा सञ्चालन हुनु अत्यन्त सकारात्मक भएको बताए । अधिकारीले शाखाबाट साना निर्माण व्यवसायीहरू अझ बढी लाभान्वित हुने विश्वास व्यक्त गरे । जिल्ला जिल्लामा रहेका साना निर्माण व्यवसायीहरूका लागि सचेतनाका अन्य कार्यक्रम पनि आवश्यक भएको अधिकारीले बताए ।
महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) ले सबै खाले निर्माण व्यवसायीहरूका लागि कानूनी तथा प्राविधिक ज्ञान अत्यन्त महत्वपूर्ण भएको विचार व्यक्त गरे ।
महासचिव रोशन दाहालले सिक्ने सिकाउने परिपाटी सबैका लागि लाभदायी भएको बताउँदै सबै खाले व्यवसायीहरूको वृद्धि विकासका लागि महासंघ क्रियाशील रहेको जानकारी दिए । कार्यक्रममा महासंघका अन्य पदाधिकारीहरू र कार्य समिति सदस्यहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘व्यवसायीलाई दुःख दिने सरकारको नियत छैन, तपाईंहरू नै अर्थतन्त्रको ड्राइभिङ सिटमा हो’
-
खाडी क्षेत्रमा तनाव बढेपछि अमेरिकी रक्षा मन्त्री हेगसेथको इजरायल भ्रमण रद्द
-
दिल्ली जुलाई महिनाभरि नेपाली फिल्म देखाइने
-
कर्णालीमा मन्त्रीको मनपरी ! पर्यटन प्रवर्द्धनको बजेटमा विद्यालयदेखि बारको भवन
-
भूमिहीन सुकुमबासीको अधिकार संरक्षण र टीआरसी टुङ्गोमा पुर्याउन सांसदहरूको जोड
-
मौद्रिक नीतिले बढाउन सकेन नेप्से, ३०.०९ अङ्ककाे गिरावट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण