'राष्ट्रपति सीको भियतनाम भ्रमण ऐतिहासिक'
बेइजिङ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव तथा राष्ट्रपति सी चिनफिङले हालै गरेको भियतनामको राजकीय भ्रमणलाई यस वर्षको चीन-भियतनाम सम्बन्धको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक घटनाका रूपमा लिइएको छ ।
भ्रमणले ठूलो सफलता हासिल गरेको चिनियाँ विदेशमन्त्री वाङ यीले बिहीबार बताए ।
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति राजनीतिक ब्युरोका सदस्य समेत रहेका वाङले उक्त भ्रमणले दुई देशबिचको सम्बन्धमा ऐतिहासिक महत्त्व राखेको उल्लेख गरे ।
भियतनामी पक्षले यस भ्रमणलाई ठूलो महत्त्व दिएको, उच्च स्तरको न्यानो स्वागत र अभूतपूर्व शिष्टाचार देखाएको उल्लेख गर्दै भियतनामका प्रधानमन्त्री फाम मिन चिन र राष्ट्रिय सभाका अध्यक्ष भुङ दिन्ह ह्यु चीनका राष्ट्रपति सीलाई स्वागत गर्न विमानस्थलमै पुग्नु महत्त्वपूर्ण रहेको बताए ।
यस वर्ष चीन र भियतनाम बिचको व्यापक रणनीतिक सहयोग साझेदारीको १५ औँ वार्षिकोत्सव मनाउने क्रममा यस भ्रमणले नयाँ युगको थालनी गरेको विदेशमन्त्री वाङको टिप्पणी छ ।-(रासस-सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण