नेपाल सुपर लिग : ललितपुरको अपराजित यात्रा जारी
काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग फुटबल प्रतियोगितामा ललितपुर सिटी एफसीले झापा एफसीसँग गोलरहित बराबरी खेल्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।
दशरथ रङ्गशालामा आज भएका खेलमा दुवै टोलीले निर्धारित समयमा गोल गर्न नसकेपछि प्रतियोगिता गोलरहित बराबरीमा टुङ्गिएको हो । आजको खेलसँगै दुवै टोलीले प्रतियोगितामा एक–एक अङ्क बाँडेका छन् । दश अङ्क बटुलेको ललितपुर अङ्कतालिकाको दोस्रो स्थानमा छ । त्यस्तै पाँच खेलमा स्पर्धा गरेको धनगढी ११ अङ्क समेटेर पहिलो स्थानमा छ । यो खेलसँगै ६ खेलमा प्रतिस्पर्धा गरेको झापाले सात अङ्क पाएको छ । एक हार, एक जित र चार बराबरीसँगै झापा अङ्कतालिकाको पाँचाँै स्थानमा छ ।
दशरथ रङ्गशालामा भोलि दुई खेल हुनेछन् । दिउँसो १ बजे हुने पहिलो खेलमा पोखरा थन्डर्स र वीरगञ्ज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ भने अपराह्न ५ बजे हुने दोस्रो खेलमा स्पोर्टिङ इलाम डे मेची एफसी र एफसी चितवनबिच प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३०–४० को उमेरमा किन बढ्छ स्ट्रोकको खतरा
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण