उपभोक्ता ठग्ने व्यापारिक फर्मलाई ७० हजार जरिवाना

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने ५ व्यापारिक फर्मलाई ७० हजार रुपैयाँ जरिवाना तिराएको छ । विभागले बजार अनुगमनका क्रममा विभिन्न माध्यमबाट उपभोक्ता ठग्ने व्यापारिक फर्मलाई आर्थिक जरिवाना तिराएको हो ।
चामपोखरी चाबहिलको खाद्य वस्तु पसललाई १० हजार तिराइको विभागका महानिर्देशक आनन्द पोखरेलले जानकारी दिए । उनले उक्त पसलले खरिद बिक्री बिल नराखेको जानकारी दिए । यस्तै, विभागले चाबहिलकै औषधी पसललाई २० हजार जरिवाना तिराएको छ । उक्त पसलले समेत खरिद–बिक्री बिल जारी नगरेको पाइएको हो ।
यसैगरी, चाबहिलकै खाद्यवस्तु कम्पनीले समेत खरिद बिल नराखेको पाइएपछि १० हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, टेकुको एक पसललाई २० हजार रुपैयाँ र चौमतिको खाद्य पसललाई २० हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ । यी पसलले समेत खरिद–बिक्री बिल नराखेको पाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्रीको मात्र होइन प्रधानमन्त्रीको समेत राजीनामा माग्छौँ : ज्ञानेन्द्र शाही
-
राजस्व छलीमा संलग्न भनिएका न्युट्रास्युटीकलका अध्यक्ष झा पक्राउ
-
रोशनी शाही मृत्यु प्रकरणमा प्रहरीले थाल्यो अनुसन्धान
-
रास्वपा केन्द्रीय समिति बैठक : सुमना श्रेष्ठ र अनिलकेशरी शाहको राजीनामा स्वीकृत
-
नेसपा संयोजकमा गंगानारायण श्रेष्ठ चुनिए, साेमबार माओवादी केन्द्रसँग एकता हुँदै
-
युवा संघ महाधिवेशन : थेवे र पुरीको उम्मेदवारी, द्विपक्षीय भिडन्त पक्का