उपभोक्ता ठग्ने व्यापारिक फर्मलाई ७० हजार जरिवाना
काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता ठग्ने ५ व्यापारिक फर्मलाई ७० हजार रुपैयाँ जरिवाना तिराएको छ । विभागले बजार अनुगमनका क्रममा विभिन्न माध्यमबाट उपभोक्ता ठग्ने व्यापारिक फर्मलाई आर्थिक जरिवाना तिराएको हो ।
चामपोखरी चाबहिलको खाद्य वस्तु पसललाई १० हजार तिराइको विभागका महानिर्देशक आनन्द पोखरेलले जानकारी दिए । उनले उक्त पसलले खरिद बिक्री बिल नराखेको जानकारी दिए । यस्तै, विभागले चाबहिलकै औषधी पसललाई २० हजार जरिवाना तिराएको छ । उक्त पसलले समेत खरिद–बिक्री बिल जारी नगरेको पाइएको हो ।
यसैगरी, चाबहिलकै खाद्यवस्तु कम्पनीले समेत खरिद बिल नराखेको पाइएपछि १० हजार रुपैयाँ जरिवाना गरिएको छ । यस्तै, टेकुको एक पसललाई २० हजार रुपैयाँ र चौमतिको खाद्य पसललाई २० हजार रुपैयाँ जरिवाना तिराइएको विभागले जनाएको छ । यी पसलले समेत खरिद–बिक्री बिल नराखेको पाइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण