संघीय लोकतान्त्रिक गणतन्त्रले आम जनतालाई सार्वभौम बनायाे : प्रधानमन्त्री प्रचण्ड
हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रले आम जनतालाई सार्वभौम बनाएको बताएका छन् । जनताका अधिकारलाई संविधानमार्फत् सम्पन्न बनाउने युगान्तकारी घोषणा गरेको बताएका हुन् ।
हेटौँडामा शनिबार आयोजित मानव सेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले इतिहासमा नै पहिलोपटक जनताका हक अधिकार सुनिश्चित गर्न संविधानले व्यवस्था गरेको बताए । ‘संघीय लोकतान्त्रिक गणतन्त्रका लागि हामी थोरै मानिस समेटेर अघि बढेका थियौ । त्यो १० वर्षमा नै पूरा भएको छ । त्यसको उपलब्धि संविधान हो’ उनले भने, ‘संविधानले जनताका मौलिक अधिकारका बारेमा उल्लेख गरिएको छ । शिक्षा स्वास्थ्य रोजगारीको विषयहरु संविधानमा लेखिएको छ । उपचार, शिक्षा र रोजगारीको विषय सरकारको व्यवस्था संविधानमा गरेको छ । कुनै पनि नागरिक उपचार नपाएर मर्नुपर्ने अवस्था हुँदै भनेर संविधानमा लेखेका छौँ । शिक्षा र रोजगारीको ग्यारेन्टी संविधानले गरेको छ । तर, कार्यान्वयनको तदारुकता राज्यमा आएको छैन । हामीले कार्यान्वयनको पाटोलाई सशक्त बनाउन जरुरी रहेको छ ।’
प्रधानमन्त्री प्रचण्डले मानव सेवा आश्रमका अभियन्ताहरुले राज्यले गरेको काम गरिरहेका बताए । उक्त कार्यमा सहयोग गर्न आफू मातहतबाट पहल भइरहेको र त्यसका लागि सरकारका मन्त्री र सचिवहरुसँग छलफल भइरहेको उनको भनाइ छ । ‘मानव सेवाका लागि हामी प्रयत्नरत छौ । मानव सेवा आश्रमले गरेका कामको सहयोगका लागि मैले अर्थमन्त्री र सचिवलाई बोलाएर के गर्न सकिन्छ भनेर छलफल गरिसकेको छु । अब छिट्टै सरकारको घोषणाअनुसार भवन निर्माणको काम अघि बढ्नेछ । आश्रमलाई सवारी साधनको व्यवस्था हुनेछ । अब उक्त कार्य कार्यन्वयनमा अघि बढ्ने छ । आश्रमलाई छिट्टै ७ वटा गाडी उपलब्ध हुन्छ’ उनले भने ।
नेपालबाट विश्वभर मानवताको सन्देश दिन सम्भव रहेको प्रधानमन्त्री प्रचण्डले बताए । उक्त कार्यका लागि हामी सबैको मुख्य उद्देश्य मानव सेवा हुनुपर्ने उनले धारणा व्यक्त गरे । मानवसेवा भन्दा माथिको विचार सिद्धान्त नै नभएको उनले दावी गरे । मानवसेवा आश्रमलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ नगद उपलब्ध गराउने सम्बन्धमा प्रयत्नरत रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
-
लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाऊ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण