नवदुर्गा भवानीको १२ वर्षे जात्रा सम्पन्न, तस्बिरहरू
ललितपुर । ठेचोमा नवदुर्गा भवानीको १२ वर्षे जात्रा सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जात्रा समापन समारोहमा सहभागी भएका हुन् । हरेक १२ वर्षको एकपटक घण्टाकर्ण चतुदर्शीको दिनबाट ठेचो नवदुर्गाको १२ वर्षे जात्रा सुरु हुने गर्दछ । सो दिन ठेचोस्थित नवदुर्गा मन्दिरको मूल ढोकामा तान्त्रिक विधिबाट पूजा गरी ताल्चा लगाएपछि जात्रा सुरु हुने गर्दछ ।
वर्षको ३६५ दिनै खुल्ला रहने यस मन्दिरमा १२ वर्षे जात्राको क्रममा एक पटक मात्रै ताल्चा लगाइन्छ । यो जात्रा सुरु भएसँगै ठेचोबासीलाई विभिन्न बन्देज लाग्ने गर्दछ । जात्रा अवधिभर नवदुर्गा गुठीको बाहेक बस्तीमा अन्य बाजाको साथै घण्ट, सिट्ठी, ताली बजाउन नहुने, बिहे, व्रतबन्ध र भोजभतेर गर्न नहुने नियम रहेको छ ।
_Cjn5RlC6sl.jpg)
साथै ठेचोमा खुट्टा झुन्ड्याएर बस्न, राति ९ देखि बिहान ४ बजेसम्म हिँडडुल गर्न र रात बस्ने गरी घरमा पाहुना बोलाउन पाइनेछैन । यो बन्देजबारे बस्तीमा ‘नायःखिं’ बाजा बजाई मान्छेहरूलाई सूचित गराइन्छ । यी बन्देजहरु नवदुर्गाको धुखः नाचपछि फुकुवा हुन्छ । जात्रा अवधिका पर्वपूजाहरु १२ वर्षे जात्रा अवधिमा २८ वटा पर्वपूजा गरिन्छ । यसमा ६० वटा पशु बलि आवश्यक पर्छ ।
जात्राभरी आगंसिँ अर्थात् स्वँसिँ (चाँपको काठ) ल्याउने, नवदुर्गाको मूल डबलीमा छाप्रो बनाई देवता प्रतिस्थापन गर्ने, देय् भ्वय् (देश भोज) भनी ठेचो र सुनाकोठीवासीलाई भोज खुवाउने चलन छ । जात्राको मुख्य आर्कषण सुनाकोठीको कुल्पी यज्ञ पनि हो । रातभरि नै यज्ञ गरी नयाँ मुकुट, पोसाक, खड्गमा तन्त्र साधना गरी देव प्रतिष्ठा गरिन्छ । नवदुर्गा देवगणका गणेशले तन्त्रसाधना गरिएको तिलक लगाइदिएपछि सबै देवगणमा देवता चढ्ने विश्वास छ ।
_WFIOt3Ep44.jpg)
ठेचोको नवदुर्गा देवगणमा भैरव, काली, बाराही, कुमारी, गणेश, ब्रह्मायणी, महादेव, महालक्ष्मी, विष्णुदेवी, सिंहिनी, बाघिनी, इन्द्रायणी र श्वेत भैरव १३ जना छन् । हरेक देवगणको तान्त्रिक तवरबाट छुट्टाछुट्टै नृत्य हुन्छ । श्वेतभैरवको नृत्य १२ वर्षमा एक पटक मात्रै गराइन्छ ।
यस्तै इन्द्रायणी देवीको भने नृत्य गराइँदैन । किम्वदन्ती अनुसार इन्द्रायणी देवी बनेर नृत्य गर्ने हरेक गुठियारको मृत्यु हुन थाल्यो । कालान्तरमा इन्द्रायणी देवीको भेषमा नृत्य गर्न सबै डराए । अहिलेसम्म त्यो नृत्य गर्ने आँट कसैले गरेको छैन । पाटन दरबार क्षेत्र, सुनाकोठी, ठेचो, चापागाउँ, बुङ्गमतीमा ठेचो नवदुर्गाको नृत्य प्रस्तुत गरिन्छ ।
_1ZHI3lGWhL.jpg)
_n5eAVRN4sM.jpg)
_Cy0PL7AikZ.jpg)
_HaGJtEf3pj.jpg)
_ciVBBSaLOK.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीव्र रुसी आक्रमणपछि हवाई प्रतिरक्षा प्रणालीका लागि नेटो गुहार्दै जेलेन्स्की
-
सेयर धितो र व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा बढ्यो
-
पहिरोका कारण सडक अवरुद्ध
-
यस्तो छ मौद्रिक नीतिको लक्ष्यअनुसारको कार्यान्वयन स्थिति (सूची)
-
घर कर्जाको सीमा ३ करोड, पहिलो घर खरिदमा ८० प्रतिशतसम्म ऋण पाइने
-
वित्तीय प्रणालीमा अधिक तरलता, बैंकहरूको कर्जा र निक्षेपको ब्याजदर थप घट्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण