सन् २०२४ मा सातवटा अन्तरमहादेशीय मिसाइल प्रक्षेपण गर्ने योजनामा रूस
मस्को । रूसले सन् २०२४ मा सातवटा अन्तर महादेशीय मिसाइल प्रक्षेपण गर्ने रणनितिक योजना बनाएको रूसी मिसाइल फोर्सका रणनीतिक कमाण्डर लेफ्टीनेन्ट जनरल सर्गेई काराकायेभले बताएका छन् ।
रुसबाट प्रकाशित रेड स्टारसँगको अन्तरवार्तामा शुक्रबार काराकायेभले पछिल्लो पाँच बर्षमा रूसी सेनाले प्ररीक्षण तथा तालिमका लागि २० वटाभन्दा बढी मिसाइल प्रक्षेपण गरेको बताए । काराकायेभले ओरेनवर्ग क्षेत्रको यास्नीपूर्वाधार प्रयोग गरी परीक्षण गरिएको बताउँदै आगामी वर्ष थप सात वटा प्रक्षेपण गर्ने योजना रहेको उल्लेख गरेका छन् ।
रूस तथा संयुक्त अमेरिकाबीच अन्तरदेशीय मिसाइल र पन्डुबीहरू प्रक्षेपणको योजनाका विषयमा सूचना आदानप्रदान जारी रहेको काराकायेभले बताएका छन् । उनका अनुसार रूस र अमेरिकाले एक अर्कोलाई प्रक्षेपणको विषयमा एक दिन अघि नै जानकारी प्रदान गर्ने प्रचलन रहेको छ ।
स्रोतका अनुसार पूर्व सोभियत सङ्घ तथा संयुक्त राज्य अमेरिकाबीच सन् १९८८ को सन्धिअनुसार क्षेप्यास्त्र परीक्षणको कम्तीमा २४ घण्टा अगाडि सूचना लिने दिने सम्झौता भएको थियो । सूचनाले प्रक्षेपणको मिति , स्थान तथा हतियारको प्रभावको बारेमा सङ्केत गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण