पैदल यात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएर सडकबाट खस्यो ट्याक्सी
तनहुँ । तनहुँमा एक ट्याक्सीले पैदल यात्रुलाई ठक्कर दिएपछि अनियन्त्रित भएर सडकबाट तल खसेको छ । उक्त दुर्घटनामा पैदल यात्रुसहित ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणका अनुसार शनिवार दिउँसो २ बजे व्यास नगरपालिका वडा नम्बर १ बुल्दीपुल स्थित पृथ्वी राजमार्ग सडक खण्डमा डुम्रे तर्फबाट दमौली तर्फ आउँदै गरेको ग १ ज ३७३२ नम्बरको ट्याक्सीले सुरुमा पैदल यात्रीलाई ठक्कर दिएको थियो ।
स्थानीय नाहिशा गुरुङ र निहा गुरुङलाई ठक्कर दिएसँगै उक्त ट्याक्सी अनियन्त्रित भई सडकदेखि अन्दाजी २ मिटर तल खस्न खस्दा पैदल यात्रीहरू सहित ट्याक्सीमा सवारहरू घाइते भएका थिए ।
घाइतेमध्ये गण्डकी मेडिकल कलेज पोखरामा पैदल यात्री नाहिशा र निहाको उपचार भइरहेको छ ।
यस्तै मणिपाल शिक्षण अस्पताल पोखरामा यात्रुहरू पोखरा महानगरपालिका वडा नम्बर १० बस्ने हेमकला राई, विष्णु कुमारी गुरुङको उपचार भइरहेको छ । यसैगरी दमौली अस्पतालमा ट्याक्सी चालक गौतम गुरुङ र सपना अधिकारीको उपचार भएकामा डिस्चार्ज भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
-
एप्पल र इन्टेलबिच अमेरिकामा चिप डिजाइन र उत्पादनका लागि साझेदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण