बार्सिलोना अझै जीतविहीन
आइतबार, ०१ पुस २०८०, ०९ : ०४
काठमाडौँ । बार्सिलाना स्पेनिस ला लिगामा भ्यालेन्सियासँग अङ्क बाँड्न बाध्य बनेको छ । टोली जीतविहीन रहेको लगातार तेस्रो खेल हो ।
ज्याभीको टोली यसअघि लिगमा जिरोनासँग २–४ र च्याम्पियन्स लिगमा रोयल एनटर्पसँग २–३ गोलले पराजित भएको थियो । शनिबारको खेलमा टोलीले जोआ फेलिक्सको गोलको मद्दतले अग्रता पनि लियो तर ७० औँ मिनेटमा ह्युगो गुइलामोनले गोल गर्दै भ्यालेन्सियाका लागि खेल बराबरी गरे ।
बराबरीपछि बार्सिलोना एक स्थानमाथि उक्लिँदै तेस्रो स्थानमा पुगे पनि शीर्ष स्थानमा रहेको जिरोनाभन्दा ६ अङ्कले पछि परेको छ । जिरोनाले अझ एक खेल कम खेलेको छ । भ्यालेन्सिया भने १७ खेलबाट २० अङ्क बटुल्दै लिगको १० औँ स्थानमा सीमित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कँडेलले भने- तपाईं पहल गर्नुस् म तयारै छु भनेकै हो
-
डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा
-
नेपाली सिनेमा : राज्यले चिन्न नसकेको सफ्ट पावर
-
कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा
-
ग्वार्डिओलाले अस्वीकार गरेपछि पिर्लो बने इटालीको मुख्य प्रशिक्षकका प्रमुख दाबेदार
-
राजधानीको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण