ग्वार्डिओलाले अस्वीकार गरेपछि पिर्लो बने इटालीको मुख्य प्रशिक्षकका प्रमुख दाबेदार
सारांश
- पेप ग्वार्डिओलाले इटालीको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्ने प्रस्ताव अस्वीकार गरेका छन्।
- ग्वार्डिओलाले प्रस्ताव अस्वीकार गरेपछि पूर्वमिडफिल्डर आन्द्रे पिर्लो मुख्य प्रशिक्षक बन्ने दौडमा अगाडि देखिएका छन्।
- हाल युनाइटेड एफसीका मुख्य प्रशिक्षक रहेका पिर्लोले आगामी नेसन्स लिग र युरो २०२८ मा इटालीलाई छनोट गराउने जिम्मेवारी पाउने सम्भावना छ।
रोम । पेप ग्वार्डिओलाले इटालीको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक बन्ने प्रस्ताव अस्वीकार गरेका छन्।
१० वर्षपछि म्यानचेस्टर सिटी छाडेका ग्वार्डिओलासँग छलफल भएको र उनको तलबका लागि विशेष व्यवस्था गर्न सकिने इटालियन फुटबल महासङ्घ (एफआईजीसी) का अध्यक्ष जियोभानी मालागोले यसै साताको सुरुमा बताएका थिए।
बिहीबार एफआईजीसीका प्राविधिक निर्देशक पाओलो माल्दिनीले इटालीले सुरुमा आफ्ना पूर्वखेलाडी कार्लो एन्चेलोटीलाई सम्पर्क गरेको जानकारी दिएका थिए। एन्चेलोटी हाल ब्राजिलको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकका रूपमा कार्यरत छन्।
एन्चेलोटी ब्राजिलमै रहने सहमति भएपछि ग्वार्डिओलालाई प्रस्ताव गरिएको थियो। ग्वार्डिओलाले भने फुटबलबाट विश्राम लिने, परिवारसँग समय बिताउने र भ्रमण गर्ने आफ्नो योजनाअनुसार अघि बढ्ने निर्णय एफआईजीसीलाई गराएका छन्।
लगातार तीनपटक विश्वकपमा छनोट हुन असफल भएको इटालीले ग्वार्डिओलालाई भारी तलबका साथै आफ्नो अनुकूल टोली र कामको वातावरण बनाउने पूर्ण छुट दिने प्रस्ताव गरेको थियो। यद्यपि केही समय सोचेर उनले उक्त प्रस्ताव अस्वीकार गरेका हुन्।
ग्वार्डिओलाले प्रस्ताव अस्वीकार गरेपछि अब इटालीका पूर्वमिडफिल्डर आन्द्रे पिर्लो मुख्य प्रशिक्षक बन्ने दौडमा अगाडि देखिएका छन्। हाल दुबईको युनाइटेड एफसीका मुख्य प्रशिक्षक रहेका पिर्लोले आगामी शरद ऋतुमा हुने नेसन्स लिगमा फ्रान्स, बेल्जियम र टर्की सम्मिलित समूहबाट इटालीलाई अघि बढाउने र युरो २०२८ मा छनोट गराउने जिम्मेवारी पाउने सम्भावना छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति, हस्ताक्षरकाे तयारी
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
-
गण्डकी संसद्ले पारित गरेको गाँजा विधेयक प्रदेश प्रमुखले फर्काइदिए
-
प्रवासको पत्रकारितालाई मर्यादित बनाउन ‘टोकियो घोषणापत्र’ कोसेढुङ्गा सावित हुन्छ : रवीन्द्र श्रेष्ठ
-
नेपाल स्काउटका निर्वाचित समितिहरू विघटनप्रति आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण