शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
संसदीय सुनुवाइ

यस्तो छ सर्वोच्चमा प्रस्तावित न्यायाधीश पौडेलको अवधारणा पत्र र कार्ययोजना

‘सात वर्ष सेवा गर्दा जम्मा ४ हजार ७७५ मुद्दामा फैसला गरेको छु’
आइतबार, ०१ पुस २०८०, १२ : ३१
आइतबार, ०१ पुस २०८०

काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस भएका उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेलले आफ्नो अवधारणा पत्र र कार्ययोजना प्रस्तुत गरेका छन् । आइतबार संसदीय सुनुवाइ समितिमा उनले १५ पृष्ठ लामो अवधारणा पत्र र कार्ययोजना प्रस्तुत गरेका हुन् ।

पौडेलले भनेका छन्, ‘सर्वोच्च अदालतको न्यायाधीशको रूपमा कार्य गर्दा पनि म इमानदारिता, निष्ठा र न्यायको मार्गबाट कहिल्यै विचलित नभई लगनशीलताका साथ न्यायका शाश्वत मूल्य, मान्यता र आदर्शहरूप्रति प्रतिबद्ध रहँदै असल आचरण र आदर्श व्यवहारबाट आफूलाई देश र जनताको सेवामा उत्सर्ग गरी न्याय सम्पादन कार्यलाई सरल, सहजता, स्वच्छ, निष्पक्ष, गुणस्तरीय, पारदर्शी र प्रभावकारी बनाई न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि गर्ने कुरामा अहोरात्र प्रयासरत र प्रतिबद्ध रहनेछु ।’

न्याय अनुभूत गरिने र सन्तुष्टि प्राप्त गरिने विषय भएकाले न्यायपालिकाबाट सम्पादन भएका काम कारबाही स्वच्छ, सरल, शीघ्र, प्रभावकारी र गुणस्तरीय भएमा मात्र न्यायका सेवाग्राही र आम जनसाधारणले न्यायको अनुभूति र सन्तुष्टि प्राप्त गर्ने उनको भनाई छ । ‘न्यायकर्मीहरुको निष्ठा, इमानदारिता, लगनशीलता र प्रतिबद्धताले नै न्यायपालिकाबाट प्रवाह हुने सेवालाई स्वच्छ, गुणस्तरीय र प्रभावकारी बनाउन सकिने हुन्छ,’ उनले भनेका छन् ।

मिति २०५० साल श्रावण १ गतेदेखि निजामती सेवा अन्तर्गत न्याय सेवाको शाखा अधिकृतबाट सुरु भएको आफ्नो न्याय सेवाको यात्राले तीन दशक पार गरेको पौडेलले जिकिर गरेका छन्  । यी तीस वर्षमा आफूले इमानदारिता र निष्ठालाई आदर्श तथा आधार मानी देश र देशवासीका हित र सेवामा आफूलाई समर्पित गरेको दाबी गरेका छन् । 

‘उच्च अदालतको न्यायाधीशको रूपमा करिब सात वर्ष सेवा गर्दा जम्मा ४७७५ मुद्दामा फैसला गरेको छु जुन वार्षिक सरदर ७०० को दरले रहेको छ र उच्च अदालतका न्यायाधीशको औसत प्रतिव्यक्ति फर्छ्यौट दरभन्दा धेरै माथि छ,’ उनको जिकिर छ । 

न्याय सेवाका विभिन्न पदमा रही कार्य गर्दा सरकारी वकिलको रूपमा अभियोजनसमेतका कार्य, दुवै संविधान सभाको निर्वाचनमा कानुन महाशाखा प्रमुख, राज्यकै सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिको २०७९ सालको निर्वाचनमा निर्वाचन अधिकृत, केही समय अख्तियार दुरुपयोग  अनुसन्धान आयोगमा भ्रष्टाचार विरुद्ध अनुसन्धान कार्य र सचिवका रूपमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा रहँदा सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्य गर्ने अवसर प्राप्त गरेको उनले जानकारी दिएका छन् । राज्यका महत्त्वपूर्ण जिम्मेवारीमा रहँदा तोकिएका सबै जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गरेको उनले बताए । 

‘मुलुक र मुलकबासीको हित प्रतिकुल हुने गरी कुनै कार्य गरेको छैन । पेसागत मर्यादा र आचरण तथा निष्ठामा कुनै सम्झौता नगरी अविचलित रूपमा कार्य गर्दै आएको छु,’ उनले भनेका छन् ।

mhpoudel karyayojana (6)

mhpoudel karyayojana (13)

mhpoudel karyayojana (12)

mhpoudel karyayojana (2)

mhpoudel karyayojana (4)

mhpoudel karyayojana (10)

mhpoudel karyayojana (1)

mhpoudel karyayojana (14)

mhpoudel karyayojana (15)mhpoudel karyayojana (5)mhpoudel karyayojana (7)

mhpoudel karyayojana (11)

mhpoudel karyayojana (16)

mhpoudel karyayojana (3)mhpoudel karyayojana (8)mhpoudel karyayojana (9)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप