यस्तो छ सर्वोच्चमा प्रस्तावित न्यायाधीश पौडेलको अवधारणा पत्र र कार्ययोजना
काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका लागि न्याय परिषद्बाट सिफारिस भएका उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेलले आफ्नो अवधारणा पत्र र कार्ययोजना प्रस्तुत गरेका छन् । आइतबार संसदीय सुनुवाइ समितिमा उनले १५ पृष्ठ लामो अवधारणा पत्र र कार्ययोजना प्रस्तुत गरेका हुन् ।
पौडेलले भनेका छन्, ‘सर्वोच्च अदालतको न्यायाधीशको रूपमा कार्य गर्दा पनि म इमानदारिता, निष्ठा र न्यायको मार्गबाट कहिल्यै विचलित नभई लगनशीलताका साथ न्यायका शाश्वत मूल्य, मान्यता र आदर्शहरूप्रति प्रतिबद्ध रहँदै असल आचरण र आदर्श व्यवहारबाट आफूलाई देश र जनताको सेवामा उत्सर्ग गरी न्याय सम्पादन कार्यलाई सरल, सहजता, स्वच्छ, निष्पक्ष, गुणस्तरीय, पारदर्शी र प्रभावकारी बनाई न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि गर्ने कुरामा अहोरात्र प्रयासरत र प्रतिबद्ध रहनेछु ।’
न्याय अनुभूत गरिने र सन्तुष्टि प्राप्त गरिने विषय भएकाले न्यायपालिकाबाट सम्पादन भएका काम कारबाही स्वच्छ, सरल, शीघ्र, प्रभावकारी र गुणस्तरीय भएमा मात्र न्यायका सेवाग्राही र आम जनसाधारणले न्यायको अनुभूति र सन्तुष्टि प्राप्त गर्ने उनको भनाई छ । ‘न्यायकर्मीहरुको निष्ठा, इमानदारिता, लगनशीलता र प्रतिबद्धताले नै न्यायपालिकाबाट प्रवाह हुने सेवालाई स्वच्छ, गुणस्तरीय र प्रभावकारी बनाउन सकिने हुन्छ,’ उनले भनेका छन् ।
मिति २०५० साल श्रावण १ गतेदेखि निजामती सेवा अन्तर्गत न्याय सेवाको शाखा अधिकृतबाट सुरु भएको आफ्नो न्याय सेवाको यात्राले तीन दशक पार गरेको पौडेलले जिकिर गरेका छन् । यी तीस वर्षमा आफूले इमानदारिता र निष्ठालाई आदर्श तथा आधार मानी देश र देशवासीका हित र सेवामा आफूलाई समर्पित गरेको दाबी गरेका छन् ।
‘उच्च अदालतको न्यायाधीशको रूपमा करिब सात वर्ष सेवा गर्दा जम्मा ४७७५ मुद्दामा फैसला गरेको छु जुन वार्षिक सरदर ७०० को दरले रहेको छ र उच्च अदालतका न्यायाधीशको औसत प्रतिव्यक्ति फर्छ्यौट दरभन्दा धेरै माथि छ,’ उनको जिकिर छ ।
न्याय सेवाका विभिन्न पदमा रही कार्य गर्दा सरकारी वकिलको रूपमा अभियोजनसमेतका कार्य, दुवै संविधान सभाको निर्वाचनमा कानुन महाशाखा प्रमुख, राज्यकै सर्वोच्च पद राष्ट्रपति र उपराष्ट्रपतिको २०७९ सालको निर्वाचनमा निर्वाचन अधिकृत, केही समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार विरुद्ध अनुसन्धान कार्य र सचिवका रूपमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा रहँदा सङ्क्रमणकालीन न्यायसम्बन्धी कार्य गर्ने अवसर प्राप्त गरेको उनले जानकारी दिएका छन् । राज्यका महत्त्वपूर्ण जिम्मेवारीमा रहँदा तोकिएका सबै जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गरेको उनले बताए ।
‘मुलुक र मुलकबासीको हित प्रतिकुल हुने गरी कुनै कार्य गरेको छैन । पेसागत मर्यादा र आचरण तथा निष्ठामा कुनै सम्झौता नगरी अविचलित रूपमा कार्य गर्दै आएको छु,’ उनले भनेका छन् ।
_cSqZv9TWMJ.jpg)
_p7Ah6f0tkt.jpg)
_6jvGCpUmJF.jpg)
_TOwGKnthqT.jpg)
_U7HlCejGui.jpg)
_JxvWvwddSr.jpg)
_F7tGZ6r77Y.jpg)
_BK4LnhmDUm.jpg)
_ZcWcyeDQlk.jpg)
_I4kWWbJggb.jpg)
_3HshF4jIMH.jpg)
_e6H9PwTi5a.jpg)
_Pc2e5VvRIW.jpg)
_jBuup0uXS6.jpg)
_03mmHPf8xH.jpg)
_yXkB99xkRt.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण