भूमण्डलीकरणको बहुआयमिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिन्छ : प्रधानमन्त्री
बर्दिबास । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा भूमण्डलीकरणको बहुआयमिक दबाब छिचोल्ने शिक्षा प्रणाली आवश्यक भएको बताएका छन् । आइतबार महोत्तरीको जनता मावि गौरीडाँडाको स्वर्ण जयन्ती समारोहमा प्रधानमन्त्री ‘प्रचण्ड’
ले एक्काइसौँ शताब्दीको डिजिटल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयमिक दवावमा परेको भन्दै आधारभूत तहदेखि नै हाम्रो पाठ्यक्रममा युगसापेक्ष गुणात्मक परिमार्जन आवश्यक रहेको बताएका हुन् ।
‘एक्काइसौँ शताब्दीको डिजिटल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयमिक दवावमा पर्दै आएका छन् । तसर्थ, आधारभूत तहदेखि नै हाम्रो पाठ्यक्रममा युगसापेक्ष गुणात्मक परिमार्जन राष्ट्रिय अनिवार्यता बन्न पुगेको छ’, उनले भने, ‘हाम्रो शिक्षाले देशभक्तिपूर्ण भावना, समाजप्रतिको उत्तरदायित्व, विज्ञानसम्मत प्रगतिशील सोच र दृष्टिकोण, आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्नुपर्दछ ।’
सो क्रममा प्रधानमन्त्रीले माध्यमिक शिक्षा विधेयक सङ्घीय संसदमा प्रस्तुत गरिसकेको भन्दै जनता, अभिभावक र सरोकारवाला निकाय एवं पक्षले उठाएका जायज र न्यायपूर्ण माग र मुद्दाहरूलाई सम्बोधन गर्दै उक्त विधेयकलाई संसदबाट पारित गराई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउन सरकार प्रतिबद्ध रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
-
लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाऊ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण