श्रमिक हक अधिकार कागजमै सीमित
काठमाडौं । वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन श्रमिक दिवसको अवसर पारेर देशभर सप्ताहव्यापी कार्यव्रmम गरिरहेका छन् । सरकार र वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरोकारवाला निकायले आइतबारदेखि आउँदो शुुव्रmबारसम्म साताव्यापी रूपमा श्रमिकका हक अधिकारका विषयमा कार्यव्रmम गरिरहेका छन् ।
सरोकारवालाले वैदेशिक रोजगारीका व्रmममा ठगिएका श्रमिकलाई न्याय दिन सफल भएको भन्दै तथ्यसमेत सार्वजनिक गरेका छन् । वैदेशिक रोजगार विभागको महानिर्देशकको पदबाट भर्खर अन्य कार्यालयमा सरुवा हुुनुुभएका मदन दाहालले विभागमा आएका धेरै उजुरीको सुुनुुवाइ गरेको दाबी गरे ।
चालुु आर्थिक वर्ष २०८०÷८१ मा विभागमा परेका ८६१ वटा उजुरीमध्ये २३० उजुरीको मिलापत्र गरी विगतको तुुलनामा धेरै सुुधार गरेको उहाँको दाबी छ ।यता कास्कीका अविरल सुुवेदीले वैदेशिक रोजगारीका व्रmममा ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा विगत दुुई वर्षदेखि धाइरहेको तर न्याय पाउने आस हराएको गुनासो गरे । रोमानियामा स्टार होटलको काममा पठाइदिने भन्दै ऋण गरेर गाउँकै दाइ पर्नेलाई सात लाख रुपियाँ बुुझाएका सुुवेदीले भने, “विदेश जाने त परैको कुरा उल्टै ऋण गरेको पैसा असुलका लागि काठमाडौँ धाउँदा एक लाख रुपियाँ थप ऋण थपियो ।”
काठमाडौँमा बस्ने ती दाइ अहिले फोन स्विच अफ गरेर फरार छन्, विदेश जानभन्दा पनि दिएको पैसा फिर्ता गर्नुपर्ने मागसहितको उजुरी गरेर दुुई वर्षदेखि विभागमा धाइरहेका छन् । उनी एउटा प्रतिनिधि मात्रै हो । उहाँ जस्ता धेरै युुवा युरोपको आकर्षक रोजगारीको प्रलोभनमा परेर ठगिएका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको राजनीतिक सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण