काठमाडौँ उपत्यकाका फोहार व्यवस्थामा सरकारले गम्भीर पहल गरिरहेको छ : प्रधानमन्त्री
ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ उपत्यकामा देखिएका फोहोर व्यवस्थापनका लागि सरकारले गम्भीर रूपमा लिएको बताएका छन् । यसको दीर्घकालीन समस्या समाधानका लागि आफूले पहल गरिरहेको उनले जानकारी दिए ।
ललितपुर महानगरपालिकाको १०५ औैं स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समस्या समाधानका लागि तीनै तहको सकारबिच सहकार्य आवश्यक भएको बताए ।
‘काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन र खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि मेरै नेतृत्वमा पहल भइरहेको छ । यसका लागि तीनै तहको सरकारबिच समन्वय र सहकार्य हुन आवश्यक छ’, उनले भने । विकास निर्माण, भौतिक पूर्वाधार विकास, सांस्कृतिक सम्पदा तथा ऐतिहासिक सम्पदाको
संरक्षणमा स्थानीय तहले खेलेको भूमिका सराहनीय भएको उनले बताए । सरकारले ल्याएको स्वास्थ्य बिमा महानगरपालिकाले सुरुवात गरेकोमा पनि उनले खुसी व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
-
बागमती प्रदेश सरकारद्वारा ७ जना विपन्न विद्यार्थीलाई प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण
-
प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
-
असार २५ र २६ गते विभागले राहदानी वितरण सुचारु राख्ने
-
लुम्बिनीलाई ‘स्टे–डेस्टिनेसन’ बनाऊ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण