काठमाडौँसहित विभिन्न स्थानमा सवारी दुर्घटना, ४ जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका-१५ सानोभर्याङमा बागमती प्रदेश-०२-०१७ प ६६५० नम्बरको मोटरसाइकलको ठककरबाट पैदलयात्री हाल वतन नखुलेका करिब ३५ वर्षीय विकास तामाङको सोमबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार अन्य १ जनाको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बाराको महागढीमाई नगरपालिका-९ थलही पुलमा बा.८४ प ५६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक पर्चौता नगरपालिका-६ बस्ने २२ वर्षीय राम निवास यादवको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
झापाको मेचिनगर नगरपालिका-१० धुलाबारीस्थित सडकमा प्र.१-०१-००२ ह ७६५ नम्बरको सिटी सफारी अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा चालक सोही नगरपालिका-९ बस्ने ५० वर्षीय बद्री बहादुर बस्नेतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बीएनसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
यता रूपन्देहीको बुटवल उपमहानगरपालिका-५ स्थित सडकमा लु.१९ प ७४०० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-९ पुरानो बसपार्कस्थित बाक्सा फ्याक्ट्रीमा काम गर्ने नवलपरासी बर्दघाट नगरपालिका-४ घर भएका २४ वर्षीय पप्पु चमारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । १ जना घाइतेको उपचार भइरहेको छ । मोटरसाइकल धनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
-
एप्पल र इन्टेलबिच अमेरिकामा चिप डिजाइन र उत्पादनका लागि साझेदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण