आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

माओवादी पदाधिकारी बैठकको समय सर्‍यो

सोमबार, ०२ पुस २०८०, २१ : २६
सोमबार, ०२ पुस २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्गलवार बिहान बोलाएको पदाधिकारी बैठकको समय सरेको छ । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बोलाएका थिए । तर प्रधानमन्त्री समेत रहेका उनको कार्य व्यस्तताका कारण बैठकको समय फेरबदल भएको सचिव गणेश साहले जानकारी दिए ।

रूपान्तरण अभियान, विधान सम्मेलन,राष्ट्रिय सभा निर्वाचन लगायत विषयमा छलफल गर्न उनले बैठक बोलाइएका हुन् ।  ‘विधान सम्मेलनको तयारी, रूपान्तरण अभियानको समीक्षाका लागि अध्यक्षज्यूले बिहान बैठक ८ बजे बैठक राखेको खबर आएको थियो । फेरि कार्य व्यस्ताका कारण बैठक ३ बजे राखिएको जानकारी आएको’, उनले भने ।

भदौ १६ बाट सुरु भएको अभियान पुस १६ मा सकिँदैछ । त्यसलगत्तै केन्द्रीय समिति बैठक बोलाउने तयारी छ । केन्द्रीय समिति बैठकले नै विधान सम्मेलनको तिथि मिति तय गर्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप