माओवादी पदाधिकारी बैठकको समय सर्यो
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्गलवार बिहान बोलाएको पदाधिकारी बैठकको समय सरेको छ । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बोलाएका थिए । तर प्रधानमन्त्री समेत रहेका उनको कार्य व्यस्तताका कारण बैठकको समय फेरबदल भएको सचिव गणेश साहले जानकारी दिए ।
रूपान्तरण अभियान, विधान सम्मेलन,राष्ट्रिय सभा निर्वाचन लगायत विषयमा छलफल गर्न उनले बैठक बोलाइएका हुन् । ‘विधान सम्मेलनको तयारी, रूपान्तरण अभियानको समीक्षाका लागि अध्यक्षज्यूले बिहान बैठक ८ बजे बैठक राखेको खबर आएको थियो । फेरि कार्य व्यस्ताका कारण बैठक ३ बजे राखिएको जानकारी आएको’, उनले भने ।
भदौ १६ बाट सुरु भएको अभियान पुस १६ मा सकिँदैछ । त्यसलगत्तै केन्द्रीय समिति बैठक बोलाउने तयारी छ । केन्द्रीय समिति बैठकले नै विधान सम्मेलनको तिथि मिति तय गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण