सेना के सुडान काण्ड दोहोर्याउँदै छ ?
काठमाडौं । नेपाल प्रहरीको चर्चित सुडान घोटालाका मुख्य सहयोगी ठेकेदार नेपाली सेनाले खरिद गर्ने सामानको ठेक्कामा जोडिएको पाइएको छ । सुडान घोटालाका मुख्य व्यक्ति शम्भु भारती हुन् । उनी नेपाली सेनाले भारतबाट खरिद गर्न लागेको महिन्द्रा कम्पनीका चारवटा आर्म पर्सनल क्यारियर (एपिसी) खरिदका लागि नेपाल 'एजेन्ट' रहेका छन् ।
नेपाल प्रहरीकै शिर झुकाउने उक्त घोटालाका मुख्य सहयोगी ठेकेदार भारतीमार्फत नेपाली सेनाले भारतबाट एपिसी खरिदका लागि एलसीसमेत खोलिसकेको छ । भारती सुडानको डार्फरमा तैनाथ नेपाल प्रहरीका लागि खरिद गरिएको ४४ करोडको एपिसीमा साढे २८ करोडबराबरको भ्रष्टाचारमा मुछिएका थिए । सो काण्डमा उनीलगायत तत्कालीन प्रहरी महानिरीक्षकले जेल सजायसमेत भुक्तान गरेका थिए ।
भारतीको कम्पनी भगवती ट्रेडर्स नेपाली सेनाको सामान ल्याउने नेपाली सहजकर्ता बनेको सैनिक स्रोतको दाबी छ । नेपाली सेनाले चीनबाट पनि २६ वटा एपिसी खरिद गर्न ३३ मिलियन अमेरिकन डलर (करिब ४ अर्ब ४२ करोड रकम) बराबरको सैनिक सामग्री खरिद गर्ने निर्णय गर्दै हिमालय बैंकमा एलसी खोलेको छ । गत साता नेपाली सेनाले त्यसका लागि दुईवटा एलसी खोलेको हो । चीनबाट सैन्य सामग्री ल्याउने निश्चित भएको छ । यो समाचार नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति
-
फेरियो रास्वपाको राजनीतिक सिद्धान्त
-
बोर्डको नतिजाप्रति असन्तुष्टि, विद्यार्थीले गरे आन्दोलनका कार्यक्रम घोषणा
-
बजेट कार्यान्वयनमा कडाइ गर्ने, पहिलो त्रैमासिकमै सम्झौता सक्ने
-
‘नेपाल अब दुई होइन, तीन ढुङ्गाबिचको तरुल भयो’
-
रास्वपा महाधिवेशनको संशोधित निर्वाचन कार्यतालिका प्रकाशित (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण