आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
प्रतिरोधको तयारीमा विप्लव
बैठक

प्रतिरोधको तयारीमा विप्लव

शिवगढीको चौरमा राजनीतिक प्रतिवेदनमाथि छलफल, तस्बिरहरू
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जारी केन्द्रीय समिति बैठक मंगलबारबाट सुरु भएको छ । कपिलवस्तुस्थित शिवगढीमा सोमबार दिउँसो २ बजे सुरु भएको बैठक २ घण्टा बसेर स्थगित भएको थियो । 

बैठकमा महासचिव विप्लवले ‘विशेष परिस्थितिको विशेष कार्यभार, दृढताका साथ पुरा गरौँ’ शीर्षकको राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि सुझावका लागि विप्लवले पोलिटब्युरो बैठक बोलाएका थिए । बिहानसम्म पोलिटब्युरो सदस्यहरूले प्रतिवेदनमाथि आ–आफ्ना धारणा राख्ने क्रम सकिएको नेता अनिल शर्मा विरहीले जानकारी दिए । 

ncp meeting (1)

विरहीका अनुसार नेकपालाई कमजोर बनाउन दलाल पुँजीवादीले अदालतको प्रयोग गरेकाले त्यसको सशक्त प्रतिरोध गर्ने बैठकले निर्णय गरेको छ । ‘दलाल पुँजीवादी शक्तिहरूले संसद्मा आउने  विश्वास गरेका थिए । तर उनीहरूको आग्रह हामीले नमाने पछि विभिन्न धम्की आइरहेका छन् । त्यसकाविरूद्ध सशक्त प्रतिरोध गर्ने निर्णय गरेका छौँ,’ बैठकको निर्णयबारे जानकारी दिँदै उनले भने । 

ncp meeting (3)

विप्लवको प्रतिवेदनमाथि मंगरबार केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी रहेको उनले बताए । बैठक भोलिसम्म चल्न सक्ने उनको भनाइ छ । कात्तिक १८ गते जिल्ला अदालत काठमाडौँले विप्लवसहितका शीर्ष नेताहरूविरूद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेपश्चात् आक्रोशित नेकपाका कार्यकर्ताहरू न्यायपालिका र न्यायाधीशविरुद्ध यसअघि आन्दोलन गरेको छ । बैठकले प्रतिरोधसम्बन्धी कार्यक्रम बनाउनेबारे पनि छलफल भइरहेको विरहीले बताए ।    

ncp meeting (2)ncp meeting (4)ncp meeting (5)ncp meeting (6)ncp meeting (7)ncp meeting (8)ncp meeting (9)ncp meeting (10)ncp meeting (11)ncp meeting (12)ncp meeting (13)ncp meeting (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया