काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जारी केन्द्रीय समिति बैठक मंगलबारबाट सुरु भएको छ । कपिलवस्तुस्थित शिवगढीमा सोमबार दिउँसो २ बजे सुरु भएको बैठक २ घण्टा बसेर स्थगित भएको थियो ।
बैठकमा महासचिव विप्लवले ‘विशेष परिस्थितिको विशेष कार्यभार, दृढताका साथ पुरा गरौँ’ शीर्षकको राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि सुझावका लागि विप्लवले पोलिटब्युरो बैठक बोलाएका थिए । बिहानसम्म पोलिटब्युरो सदस्यहरूले प्रतिवेदनमाथि आ–आफ्ना धारणा राख्ने क्रम सकिएको नेता अनिल शर्मा विरहीले जानकारी दिए ।
_zR9vQsStd6.jpg)
विरहीका अनुसार नेकपालाई कमजोर बनाउन दलाल पुँजीवादीले अदालतको प्रयोग गरेकाले त्यसको सशक्त प्रतिरोध गर्ने बैठकले निर्णय गरेको छ । ‘दलाल पुँजीवादी शक्तिहरूले संसद्मा आउने विश्वास गरेका थिए । तर उनीहरूको आग्रह हामीले नमाने पछि विभिन्न धम्की आइरहेका छन् । त्यसकाविरूद्ध सशक्त प्रतिरोध गर्ने निर्णय गरेका छौँ,’ बैठकको निर्णयबारे जानकारी दिँदै उनले भने ।
_BxBrj94EWC.jpg)
विप्लवको प्रतिवेदनमाथि मंगरबार केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राख्ने क्रम जारी रहेको उनले बताए । बैठक भोलिसम्म चल्न सक्ने उनको भनाइ छ । कात्तिक १८ गते जिल्ला अदालत काठमाडौँले विप्लवसहितका शीर्ष नेताहरूविरूद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेपश्चात् आक्रोशित नेकपाका कार्यकर्ताहरू न्यायपालिका र न्यायाधीशविरुद्ध यसअघि आन्दोलन गरेको छ । बैठकले प्रतिरोधसम्बन्धी कार्यक्रम बनाउनेबारे पनि छलफल भइरहेको विरहीले बताए ।
_FFcP3W2gYP.jpg)
_RYnTQf4zzw.jpg)
_XtwkCR8Je2.jpg)
_DOVHIJIj40.jpg)
_TP4GzXBR24.jpg)
_TrIy7PVyv9.jpg)
_6QC07SQjxn.jpg)
_bt7I19vHx6.jpg)
_D8NqkjB9cR.jpg)
_clrUhEPFWb.jpg)
_Co19rbXv4P.jpg)
_2WMNfY0p71.jpg)
प्रतिक्रिया