सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले तिर्यो प्रिमियम सेयरबापतको कर
मङ्गलबार, ०३ पुस २०८०, १३ : ०१
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले प्रिमियममा जारी गरेको सेयर बापतको कर बुझाएको छ । कम्पनीले एफपीओमार्फत जारी गरेको सेयरबाट प्राप्त प्रिमियमबापतको रकमको कर नेपाल सरकारलाई बुझाएको जानकारी दिएको हो ।
यस्तै, हकप्रद लिलामबाट प्राप्त प्रिमियमको रकमको कर समेत बुझाएको कम्पनीले जनाएको छ । कम्पनीले आयकर ऐन २०५८ को दफा ५६ (३) बमोजिम निकायको आयमा समावेश गर्नुपर्ने व्यवस्था बमोजिम कर तिरेको जानकारी दिएको छ ।
यसबापत सिद्धार्थले राज्य कोषमा १६ करोड १४ लाख ३६हजार ६६६ रुपैयाँ कर ठुला करदाता कार्यालयमा दाखिल गरेको सचिव सुदर्शन आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेशमा अब ई–टिकेटिङ
-
पेरुमा जन्मिए ‘बेबी हल्यान्ड’ : विश्वकपका स्टार खेलाडीको नाममा बच्चाको नाम राख्ने लहर
-
१० बजे १० समाचार : सिक्काबाट चुच्चे नक्सा हटाउने चर्चा, २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
गण्डकीका ८ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने
-
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौँ सडक पूर्ण बन्द
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण